उत्तरी जापानमा भीषण आँधीबाट १४ को मृत्यु

0 Shares

टोक्यो, १७ भदौ । उत्तरी जापानमा आएको भीषण आँधीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १४ पुगेको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

होक्काइदो द्वीपको एक नदी नजिकै बिहीबार साँझ दुई व्यक्तिको थप शव फेला परेपछि यो सङ्ख्या १४ पुगेको प्रहरी प्रवक्ताले एएफपी समाचार समितिलाई जानकारी दिएको छ ।

यस ‘लायनरक’ नाम दिइएको यस तूफानबाट बिहीबार नै १२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १७ बेपत्ता भएका बताइएको थियो ।

एवाइजुमी सहर यस आँधीबाट अत्यन्त प्रभावित भएको यस सहरमा मात्र यस तूफानबाट १२ व्यक्तिको मृत्यु भएको छ । मारिएका ती १२ व्यक्तिमा नौ जना बृद्ध आश्रममा बस्ने व्यक्ति रहेका छन् ।

यसैबीच देशको दक्षिणी भागमा पनि अर्को शक्तिशाली आँधी आएको बताइएको छ । सञ्चारमाध्यममार्फत सरकारले खतराको सङ्केत गर्दै सबैलाई सुरक्षित र सतर्क अवस्थामा रहन पनि आग्रह गरेको छ ।

होक्काइदो प्रान्तको टोहोकु क्षेत्रमा चार लाख व्यक्तिलाई खतरा पु¥याएको भन्दै उद्वार गरी अन्यत्रै सारिएका गत बुधबार नै बताइएको थियो । रासस/एएफपी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार