४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

लि खछ्याङको भ्रमणले चीन अष्टे«लिया सम्बन्ध थप सुदृढ



सिड्नी, १३ चैत । चिनियाँ प्रधानमन्त्री लि खछ्याङको अष्टे«लिया भ्रमणले चीन र अष्टे«लिया बीचको सम्बन्धलाई थप सुदृढ बनाएको र यसले नयाँ उचाई थपेको विश्लेषण गरिएको छ ।
चिनियाँ प्रधानमन्त्री लि खछ्याङले आजैमात्र अष्टे«लियाको पाँच दिने भ्रमण सम्पन्न गर्नुभएको छ । उहाँ सो पाँच दिने भ्रमण सकेर आइतबारै न्युजिल्याण्डतर्फ प्रस्थान गर्नुभएको छ ।
चीनको प्रधानमन्त्रीको हैसियतमा ११ बर्षपछिमात्र खछ्याङले अष्टे«लियाको भ्रमण गर्नुभएको हो । उहाँको भ्रमणसँगै यी दुई देशको बीचमा सम्बन्ध थप प्रगाढा बन्नुका साथै यसले थप उचाई पनि हासिल गरेको विश्लेषण अष्टेलियाली मिडियाले गरेका छन् ।
आइतबार सम्पन्न भएको सो भ्रमणले यी दुई देशका बीचमा लगानीका थप सम्भावनाहरुको खोजी गर्नुका साथै यसले आगामी दिनमा दुई देशबीचको आर्थिक सम्बन्धलाई बलियो बनाएको विश्लेषण पनि अष्टे«लियामा गरिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अष्टे«लियन भिटामिन निर्माण गर्ने कम्पनी ब्ल्याकमोर्सका प्रमुख कार्यकारी अधिकृति क्रिश्टिना होल्ग्याटले भनिन्, यो भ्रमणले यी दुई देशको बीचमा आवश्यक मानिएको स्वतन्त्र व्यापारका क्षेत्रमा आपसी हित प्रवर्धन गर्ने काममा सघाउ पु¥याएको छ ।
उनले विश्वमा बढ्दो व्यापारिक मोडेलहरुमा चीन र अष्टे«लिया स्वतन्त्र व्यापारका क्षेत्रमा आपसी रुपमा लाभान्वित हुनसक्ने अवस्था रहेकोले यी दुई देशले सो विषयमा साझेदारी गर्नुपर्नेमा जोड दिइन् ।
उनले आफू सो भ्रमणबाट निकै नै उत्साहित र उत्प्रेरित पनि भएको धारणा राखिन् । उनको कम्पनीले पनि चीनसँग संयुक्त लगानीका लागि गत बिहीबार सम्झौता गरेको छ ।
विश्वमा बढ्दो ब्यापारिक विश्वव्यापिकरणका माध्यमबाट यी दुई देश संयुक्त लगानी, व्यापारमा साझेदारी एवम् स्वतन्त्र व्यापारका क्षेत्रबाट लाभान्वित हुन सक्छन, उनले भनिन् ।
चीनसँगको संयुक्त साझेदारीका लागि अष्टे«लियाली व्यापारिक समुदाय पनि तयार रहेको उनको धारणा छ । चीनका प्रधानमन्त्री लीले अष्टे«लियासँगको स्वतन्त्र व्यापारका लागि व्यक्त गरेको प्रतिबद्धताले गर्दा पनि चिनियाँ व्यापारिक समुदायमा उत्साह थपेको यहाँका छापा सञ्चारमाध्यमहरुले आइतबारको आफ्ना संस्करणहरुमा जनाएका छन् ।
गएको आठ वर्षयता चीन अष्टे«लियाको एक प्रमुख आर्थिक साझेदार राष्ट्र हो । चीनले अष्ट्रेलियाबाट कम्पनीका लागि कैयौं कच्चा पदार्थहरु आयात गर्ने गर्दछ ।
त्यसैगरी चीनले अष्टे«लियाबाट फलाम, वाइन, अन्य खाद्य पदार्थहरु र उसका टेलिकम्युनिकेशन एवम् अन्य सञ्चारका कारखानाहरुका लागि कच्चा पदार्थ किन्ने गर्दछ ।
त्यस्तै अष्टे«लियाले चीनबाट ठूलो मात्रामा कपडा, टेलिकम्युनिकेशनका साधन र सामान एवम् सूचना प्रविधिका सामानहरु किन्ने गर्दछ । रासस/सिन्ह्वा

प्रकाशित मिति : १३ चैत्र २०७३, आइतबार  ६ : ४९ बजे