सोलुखुम्बु, १४ चैत । सगरमाथा क्षेत्रमा जाने स्वदेशी वा विदेशी पर्यटकहरुले भिडियो क्यामेरा अनुमति लिएर लैजानु पर्ने कानुनी प्रावधान छ । तर यस क्षेत्रमा जाने अधिकांश पर्यटकहरु अनुमति बिनै भिडियो क्यामेरा लगेर खुलेयाम भिडियो खिचिरहेका छन् ।
सगरमाथा राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदामा सूचिमा सूचिकृत गरिएको छ । झनै गोक्यो क्षेत्रलाई त रामसार सूचिमा सूचिकृत गरिएको छ । यस क्षेत्रमा पथप्रदर्शक वा राष्ट्रिय निकुञ्जको सम्बन्धित कर्मचारीको अनुमति बिना भिडियो तथा अन्य क्रियाकलाप गर्न कानून त बन्देज छ । तथापि गोक्यो तालको नजिक समेत फोहोर हुन्छ भनेर नजाने स्थानीयहरुले बताए । तर पर्यटकहरु भने त्यही गोक्यो तालमा आफूलाई बहादुरीको संज्ञा दिदै पौडि खेलेका छन् । नपत्याए यो भिडियो हेर्नुहोस ।







