४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

टर्कीमा भएको प्रदर्शनबाट एक लाख भन्दा बढी पक्राउ


२१ चैत्र २०७३, सोमबार  

7
Shares

अन्कारा, २१ चैत । टर्कीका गृहमन्त्री सुलेमन सोयलुले टर्कीमा भएको प्रदर्शनमा एक लाख १३ हजार २६० जना पक्राउ परेको जानकारी दिनुभएको छ ।

सन् २०१६ को जुलाईदेखि अहिलेसम्म भएको गलेन आन्दोलनका क्रममा उनीहरु पक्राउ परेको उहाँले आइतबार जानकारी दिनुभयो ।

पक्राउ परेका मध्ये १० हजार ७३२ जना प्रहरी अधिकृत, सात हजार ६४३ जना सैनिक सिपाही, १६८ जना सैनिक जर्नेल, दुई हजार ५७५ जना न्यायधीश तथा न्यायधिक्ताहरु, २६ हजार १७७ जना आम नागरिक र २०८ जना स्थानीय प्रशासक रहेको उहाँले स्थानीय एक टेलिभिजनलाई दिएको अन्तवार्तामा बताउनुभयो ।

Sagarmatha

गृहमन्त्री सोयलुका अनुसार पक्राउ परेका २३ हजार ८६१ जनालाई हिरासतमुक्त गरिएको छ भने ८६३ जना अझै पनि फरार रहेका छन् ।

अमेरिकाको समर्थन पाएका फेथुल्लाह गलेनले सन् २०१६ को जुलाई १५ मा कु गर्ने असफल प्रयास गरेको टर्की सरकारले आरोप लगाएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति : २१ चैत्र २०७३, सोमबार  १० : १० बजे