२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

केही प्रमुख पदमा महिला उम्मेदवार


१७ बैशाख २०७४, आइतबार  

0
Shares

कालीकोट, १७ वैशाख । यहाँका तीन नगरपालिका र छ गाउँपालिकाका प्रमुख पदमा एक जना मात्र महिला उम्मेदवार छनोटमा परेकी छन् ।

नेकपा (एमाले) कालीकोटले महावै गाउँपालिका अध्यक्षमा दानकला सिंहलाई उम्मेदवार बनाएको छ । त्यसैगरी तिलागुफा नगरपालिकामा नेकपा (माओवादी केन्द्र) का तर्फबाट उपप्रमुखमा दन्ता विश्वकर्मालाई उठाइने भएको छ ।

नेपाली काँग्रेसले खाँडाचक्र नगरपालिका प्रमुखमा पदमबहादुर शाहीलाई उम्मेदवारीका लागि छनोट गरेको छ । त्यसैगरी माओवादी केन्द्रले तारा न्यौपानेलाई पचालझरना गाउँपालिका उपाध्यक्षमा तथा अग्रबहादुर विष्टलाई नरहरिनाथ गाउँपालिका अध्यक्षमा लडाउने भएको छ । एमालेले खाँडाचक्र नगरपालिका उपप्रमुखमा विजया विष्ट र पचालझरनामा दक्षिणा शाहीलाई उम्मेदवारका लागि छनोट गरेको छ ।

Sagarmatha

प्रकाशित मिति : १७ बैशाख २०७४, आइतबार  १० : ०३ बजे