२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

डोल्पाको त्रिपुरा सुन्दरी नपाको प्रमुखमा एमाले


३ जेष्ठ २०७४, बुधबार  

0
Shares

डोल्पा, ३ जेठ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका प्रमुख तथा उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।

विजयी हुनेमा प्रमुखका उम्मेदवार ओमबहादुर बुढाले एक हजार ६०९ मत ल्याएर विजय हुनुभएको छ भने उपप्रमुखमा चन्द्राकुमारी बुढाले एक हजार ८४५ मत ल्याएर विजयी हुनुभएको हो ।

निकटतम प्रतिद्वन्द्वी काँग्रेसबाट प्रमुखका उम्मेदबार दिलबहादुर विष्टले एक हजार ५९१ मत ल्याउनु भएको छ । काँग्रेसका उम्मेदवार विष्टभन्दा एमालेका उम्मेदवार बुढा १८ मत मात्रै बढी ल्याएर विजयी हुनुभएको हो ।

Sagarmatha

त्यस्तै, प्रमुखका माओवादीका उम्मेदवार रामलाल विकले ८३७ मत ल्याउनु भयो ।

त्यस्तै, काँग्रेसबाट उपप्रमुखका उम्मेदवार बुद्धाकुमारी शाहीले एक हजार ६४ मत ल्याएर पराजय हुनुभयो । माओवादीबाट उपप्रमुखका उम्मेदवार काली चलाउनेले ९५५ मत प्राप्त गर्नुभयो ।

उक्त नगरपालिकाको वडा नं १ को वडा अध्यक्षमा काँग्रेसका उम्मेदवार कमसिंह थापा २८३ मतसहित काँग्रेसको प्यानलनै विजयी भएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७४, बुधबार  ३ : २२ बजे