२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

माडीमा माओवादी केन्द्रका ढकाल निर्वाचित


५ जेष्ठ २०७४, शुक्रबार  

0
Shares

चितवन, ५ जेठ । माडी नगरपालिकाको प्रमुख पदमा ठाकुरप्रसाद ढकाल विजयी हुनुभएको छ । उहाँले तीन हजार ८७३ मत ल्याएर विजयी हुनुभएको हो ।

नेपाली काँंग्रेसका खेमप्रसाद महतोले तीन हजार ८२९ मत ल्याउनु भएको थियो । ४४ मतको अन्तरले ढकाल विजयी भएको निर्वाचन अधिकृत इन्द्रकुमारी थपलियाले जानकारी दिनुभयो ।
उपप्रमुखमा नेकपा (एमाले)का ताराकुमारी काजीमहतो विजयी हुनुभएको छ । उहाँले चार हजार ६९० मत ल्याउनुभएको थियो भने उहाँका निकटतम प्रतिस्पर्धीमा माओवादी केन्द्रकी सरिता महतोले तीन हजार ८०४ मत प्राप्त गर्नुभएको थियो ।

नौवटा वडा रहेको माडीमा एमालेले वडाध्यक्षमा ३, ६, ७, ८ र ९ नं वडामा जितेको छ । माओवादी केन्द्रले २ र ४ नं वडामा वडाध्यक्ष जितेको छ । काँग्रेसले १ नं वडामा वडाध्यक्ष जितेको छ । २१ हजार ६७२ मतदाता रहेको यो नगरपालिकामा १६ हजार ३७१ मत खसेको थियो ।

Sagarmatha

प्रकाशित मिति : ५ जेष्ठ २०७४, शुक्रबार  ३ : ०७ बजे