काठमाडौं, १५ जेठ । भरतपुर महानगपालिकाको मतगणना अन्तिम चरणमा पुग्दा माओवादी कार्यकर्ताले मध्यरातमा मतपत्र च्यातेर अवरोध खडा गरेका छन् । मतगणनाको अन्तिम चरणमा पुगिसक्दा पनि माओवादी केन्द्र र नेपाली कांग्रेसकी साझा उम्मेदवार रेणु दाहालले नेकपा एमालेका देवी ज्ञवालीसँगको प्रतिस्पर्धामा मतअन्तर सोचेजस्तो घटाउन नसकेपछि वाईसीएलहरुले हुलदंगामा ओर्लिदै मतपत्र च्यातेका थिए ।
https://www.youtube.com/watch?v=S4wUpSRXLwg
मत गणनास्थलमा सहभागी माओवादी प्रतिनिधिहरुले नै मतपत्र च्यातेर अवरोध खडा गरेका प्रत्यक्षदर्शीहरुले बताएका छन् । मतपत्र च्यात्ने माओवादी कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
https://www.youtube.com/watch?v=2sJuzFFikOY
१५ जेष्ठ २०७४, सोमबार
0
Shares







