५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026

प्रधानमन्त्रीको निर्वाचनबारे रणनीति तय गर्दै एमाले


२० जेष्ठ २०७४, शनिबार  

0
Shares

 

काठमाडौँ, २० जेठ । नयाँ प्रधानमन्त्री चयन र विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को स्थायी कमिटीको बैठक बस्दैछ ।

भरतपुर महानगरपालिकाको स्थगित मतगणना सुचारु नभएसम्म संसद् बैठक चल्न नदिने र प्रधानमन्त्री चयनको मनोनयन प्रक्रियामा भाग नलिने जनाएको एमालेले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीमा उम्मेदवारी दर्ता भइसकेको अवस्थामा आफ्नो रणनीति तय गर्ने प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो ।

एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी दिने या नदिने, भरतपुर घटनाबारे किनारा नलागेको अवस्थामा भोलि बिहान ११ बजे बस्ने संसद् बैठक अवरोध गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीको पछिल्लो धारणा तय गर्न लागेको हो ।

Sagarmatha

प्रकाशित मिति : २० जेष्ठ २०७४, शनिबार  ९ : १२ बजे