२७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

संसद् बैठक अपराह्न ३ बजे


२१ जेष्ठ २०७४, आइतबार  

7
Shares

काठमाडौँ, २१ जेठ । व्यवस्थापिका–संसद्को आज बिहान ११ बजेका लागि निर्धारण भएको बैठक अपराह्न ३ बजे हुने भएको छ ।

प्रमुख राजनीतिक दलले सहमतिका निम्ति केही समय माग गरेकाले बैठकको समय पर सारिएको सभामुखका प्रेस संयोजक बबिन शर्माले बताउनुभयो । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले केही दिनअघिदेखि जारी राखेको संसद् अवरोध खुलाउने प्रयासस्वरुप प्रमुख दलले समय माग गरेको बताइएको छ ।

आजको बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले नेपालको संविधानको धारा २९८ को उपधारा (३) एवम् व्यवस्थापिका संसद्, नियमावली २०७३ को नियम ४९ को उपनियम (४) बमोजिम नेपालको प्रधानमन्त्री पदमा उम्मेदवारीको सूचना प्रस्तुत गर्ने कार्यसूची छ ।
उक्त उम्मेदवारीको सूचनाका प्रस्तावकमा नेकपा (माओवादी केन्द्र)का सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सांसद रामचन्द्र पौडेलसहित पाँच जना सांसद् समर्थक हुनुहुन्छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७४, आइतबार  ६ : ४५ बजे