५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026

प्रतिबद्धतापत्र सार्वजनिक


९ असार २०७४, शुक्रबार  

0
Shares

दाङ, ९ असार । नेपाली काँग्रेस, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार गेहेन्द्र गिरीले आज पत्रकार सम्मेलन गरी आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।

नेपाल प्रेस युनियन, दाङको आयोजनामा भएको पत्रकार सम्मेलनमा उहाँले आफ्नो प्रतिबद्धतापत्रमा विभिन्न महत्वपूर्ण विकासे योजनादेखि शिक्षा, स्वास्थ्य, खेलकुद, रोजगार, पर्यटन, वातावरण, यातायात, सिँचाइ, उद्योगलगायत क्षेत्रमा उल्लेख्य काम गरिने उल्लेख बताउनुभयो ।

यस्तै अपाङ्ग, पिछडिएको क्षेत्र, ज्येष्ठ नागरिक, सीमान्तकृत वर्गलगायतलाई राज्यका कुनैपनि सेवा सुविधाबाट वञ्चित नगरिने र उनीहरुलाई राज्यको मूलधारमा समावेश गरिने उल्लेख प्रतिबद्धतापत्रमा उल्लेख छ ।

Sagarmatha

राजनीतिक अधिकारका लागि देशमा भएका सबै आन्दोलनको नेतृत्व काँग्रेसले नै गरेको र ती सबै आन्दोलनलाई परिणाममा पु¥याई तिनलाई संस्थागत गर्न संविधान निर्माण गर्ने कामसमेत काँग्रेसले गरेकाले आगामी निर्वाचनमा आफूहरुलाई विजयी बनाउन आग्रह गर्नुभयो ।

प्रकाशित मिति : ९ असार २०७४, शुक्रबार  १२ : ०५ बजे