सोलुखुम्बु, १७ असार । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सोलुखुम्बुको चार गाउँपालिकाको नतिजा घोषणा भैसकेको छ । जसमा दुई गाउँपालिकामा नेकपा माओवादी केन्द्र र दुई गाउँपालिकामा नेकपा एमाले विजयी भएका छन् । लिखुपिके गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्षमा दुवै पदमा विजयी हासिल गरेका छन् । महाकुलुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली काङग्रेसले विजयी हासिल गरेको छ ।
त्यस्तै दुधकोशी, सोताङ र खुम्बुपासाङल्हामु गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा सानदार विजयी हासिल गरेको छ । दुधकाेशी गाउँपालिकामा बुद्धिकिरण राई अध्यक्षमा र उपाध्यक्षमा जुनिता मगरले विजयी हासिल गरेका छन् । साेताङ गाउँपालिकामा वीरबहादुर राई अध्यक्ष र उपाध्यक्षमा लक्ष्मी कार्की विजयी भएका छन् । त्यस्तै खुम्बुपासाङल्हामु गाउँपालिकामा अध्यक्षमा निमदोर्जी शेर्पा र उपाध्यक्षमा टासील्हामु शेर्पा विजयी भएका छन् ।
पछिल्लो घोषणा अनुसार दुधकौशिका गाउँपालिकाको दुइटा वडामा माओवादीको प्यानल नै विजयी भएको छ ।

दुधकौशिकाको वडा नम्बर ६ र ८ मा माओवादी र वडा नम्बर १ मा कांग्रेसले जित हात पारेको हो ।
नेचा सल्यान गाउँपालिकामा एमालेले अग्रता लिएको छ । नेचा सल्यानको वडा नम्बर ४ मा एमालेले जित हात पारेको छ ।
खुम्बुको हालसम्म घोषणा भएको सबै वडामा एमालेले जितेको छ ।
दुधकौशिका गाउँपालिका
जम्मा वडा संख्या ९
मतदाता ११९७७
खसेको मत ८४२०
वडा नम्बर ८ मा माओवादी विजयी — अनुप्रशान्त थुलुङ
वडा नम्बर १ मा कांग्रेस विजयी — घनराज सुनुवार
वडा नम्बर ६ मा माओवादी विजयी —भुपाल राई
प्रमुख
नेपाली कांग्रेस हुतराज बस्नेत — ५५९
नेकपा एमाले श्यामकुमार राई — ७१३
नेकपा माओवादी केन्द्र असिम राई — ८६४
उपप्रमुख
नेपाली कांग्रेस सबिता राई — ८००
नेकपा एमाले कल्पना बस्नेत — ९७१
नेकपा माओवादी केन्द्र मेनुका पुरी गिरी — ८२२
नेचा सल्यान गाउँपालिका
नेपाली कांग्रेस धनजन राई — १४५६
नेकपा एमाले डुफकुमार बास्तोला — १४८१







