२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

सोलुदुधकुण्ड नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी



बुद्धवीर बाहिङ/सोलुखुम्बु, १८ असार । सोलुखुम्बुको एक मात्र सोलुदुधकुण्ड नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नाम्गेलजाङ्बु शेर्पा विजयी भएका छन् । उपमेयरमा भने नेकपा एमालेका कल्पना राई विजयी भएका छन् । कांग्रेसका मेयर पदका शेर्पाले २,७५१ मत ल्याएर विजयी भएका हुन् । त्यस्तै उपमेयर पदका उम्मेदवार राईले २,७६० मत ल्याएर विजयी भएका हुन् ।

मेयर पदका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका झलक शेर्पाले २,६०१ मत ल्याएका छन् । त्यसैगरी उपमेयरका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका छिण्डिल्हामु शेर्पाले २,७१७ मत प्राप्त गरेका छन् ।
नेकपा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार निमातेण्डुप शेर्पाले १,५३७ मत प्राप्त गरेका छन्, भने उपप्रमुख पदका ङिमागेल्मु शेर्पाले १,३९० मत प्राप्त गरेका छन् ।
सोलुदुधकुण्ड नगरपालिकाको वडा अध्यक्ष नेपाली कांग्रेसले १, २, ४, र ९ वडामा प्यानलै सहित विजय हासिल गरेको छ । भने नेकपा एमालेले ३, ५, ६, ७, ८ र १० वडामा प्यानलै सहित विजय हासिल गरेको छ । वडा ३ मा भने अध्यक्ष मात्र एमालेले जितेको हो ।
सोलुदुधकुण्ड नगरपालिकामा एमालेले बहुमत ल्याएको छ । नेकपा एमालेको पक्षमा उपमेयर, वडा अध्यक्ष र सदस्य सहित २७ जनाले विजयी प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसको मेयर, वडा अध्यक्ष र सदस्य गरी २५ जनाले विजयी हासिल गरेका छन् । सोलुखुम्बुको अहिलेसम्म जितेको स्थानीय तहमा नेकपा एमालेले बहुमत हासिल गरेको छ ।

प्रकाशित मिति : १७ असार २०७४, शनिबार  १० : २९ बजे