३० पुस २०८२, बुधबार | Wed Jan 14 2026

भोजपुरको साल्पासिलिछोमा काँग्रेस विजयी


१८ असार २०७४, आइतबार  

0
Shares

भोजपुर, १८ असार । भोजपुरको साल्पासिलिछो गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसका महेश राई ६३ मत अन्तरले विजयी हुनुभएको छ ।

जिल्लाकै दुर्गम गाउँपालिकाको रुपमा रहेको साल्पासिलिछोमा गएरातिको सार्वजनिक मत परिणामअनुसार राईले एक हजार ६७४ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का खगेन्द्र राईले एक हजार ६११ मत प्राप्त गर्नुभएको छ ।
उपप्रमुखमा भने एमालेकै धनमाया राई सङ्घीय समाजवादी र काँग्रेसको गठबन्धनलाई पछि पार्दै एक हजार ४७३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी वीरकुमार राईले एक हजार २८३ मत प्राप्त गर्नुभएको थियो ।

प्रकाशित मिति : १८ असार २०७४, आइतबार  ७ : ४३ बजे