सोलुखुम्बु, १८ असार । दुधकौशिका गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार असिम राई विजयी भएका छन् । अध्यक्ष पदका उम्मेदवार राईले २५१४ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका हुतराज बस्नेतले २३०४ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका सविता राई विजयी भएका छन् । राईले नेकपा माअोवादी केन्द्रका निकटतम प्रतिद्धन्द्धी मेनुका पुरी गीरीले पछि पार्दै विजय हासिल गरेका हुन् ।







