२६ कार्तिक २०८३, बुधबार | Wed Nov 11 2026

वर्षे झरनामा बढे आन्तरिक पर्यटक


८ श्रावण २०७४, आइतबार  

0
Shares

बेँसीसहर) (लमजुङ), ८ साउन । डुम्रे बेँसीसहर सडकखण्ड अन्तर्गत उदिपुरको गाईखुरे झरनामा आन्तरिक पर्यटकको भीड बढेको छ । वर्षाको समयमा मात्र पानी झर्ने उक्त झरनाले स्थानीय पर्यटकलाई आकर्षण गरेको हो ।

बिदाको दिन भने झरना हेर्न र रम्न जानेको निकै भीड लाग्ने गरेको छ । हप्ताभरी काममा व्यस्त हुनेहरु बिदाको दिन झरनामा पुगेर थकाइ मेटाउने गर्न थालेका छन् । कतिपय त दिनभरिको थकाइ मेटाउन साँझपख झर्ना पुग्ने गर्दछन् ।

“घर, कार्यालयको सबै थकाइ झरनाले मेटाइदिन्छ” बेँसीसहरका शङ्कर गुरुङले भन्नुभयो, “साथीसँग झरनामा खेल्दा निकै आनन्द हुन्छ ।”

Sagarmatha

सडक छेउमै भएकाले झरनाको आकर्षणले कतिपयले सवारी साधन रोकेर नै अवलोकन गर्ने गरेका छन् । छोटो समयमा लमजुङका पर्यटकीय गन्तव्य पुग्न नसक्नेहरु झरनामा पुगेर आनन्द लिने गर्दछन् ।

पर्याप्त प्रर्वद्धनको बाबजुद पनि झरनाले अत्यधिक पर्यटकलाई आकर्षण गरेको छ । उक्त झरनाको प्रचार तथा प्रबद्र्धन गर्नसके थप पर्यटक भित्र्याउन सकिने सरोकारवाला बताउँछन् ।
विगत तीन वर्षदेखि सो झरनामा व्यावसायिक क्यानोनिङ गरिँदै आएको छ । झरनामा सुरक्षित तरिकाले क्यानोनिङ गर्न सकिने हुँदा ‘क्यानोनिङ स्पोर्ट’को रुपमा प्रवद्र्धन गर्नुुपर्ने क्यानोनिङ व्यवसायी देवेन्द्रबाबु तिवारीको भनाइ छ ।

सदरमुकाम बेँसीसहर प्रवेश गर्ने जो कोहीलाई पनि यो झरनाले आकर्षित गरेको छ । झरनामा सदरमुकाम बेँसीसहरसहित उदिपुर, भोटेओडार, सुन्दरबजारलगायतका ठाउँका बासिन्दा मनोरञ्जनका आउने गर्दछन् ।

प्रकाशित मिति : ८ श्रावण २०७४, आइतबार  १२ : ४५ बजे