बग्दाद, ८ साउन । इस्लामिक स्टेट (आईएस) का दर्जनौँ लडाकू इराकको एकबार प्रान्तमा भएको हवाई आक्रमणमा मारिएका छन् ।
इराकी सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीमा उनीहरु मारिएको सुरक्षा अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।
सिरियाको सीमा क्षेत्रमा पर्ने पश्चिमी एनबार आईएस लडाकूहरुको नियन्त्रणमा रहेको ठाँउ मानिन्छ ।

इराकको गुप्तचर निकायले आईएस लडाकूहरुले हातहतियारहरु समेत भण्डारण गरेका घरहरु, घरेलु हतियार बनाउने तथा उत्पादन गर्ने ठाँउहरु र आईएस लडाकूहरु बसिरहेका ठाँउलाई लक्षित गरि आक्रमण गरिएको जनाएको छ ।
सुरक्षा निकायद्वारा जारी वक्तव्यमा कुन समयमा हवाई आक्रमण भएको थियो भन्ने एकिन गरिएको छैन । आक्रमणमा कति मारिएका हुन भन्ने पनि स्पष्ट नभएको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा







