५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

माओवादी केन्द्रको ऐजेण्डा जितेको छः अध्यक्ष दाहाल


१६ श्रावण २०७४, सोमबार  

0
Shares

 

सिन्धुली, १६ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी विभाजनका कारण स्थानीय तहको निर्वाचनमा मत परिणाम कम आएको बताउनुभएको छ ।

आज यहाँ आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “जनयुद्धमा जनताको विचमा हामी थियाँै, उत्पीडित वर्गको साथी बनेर अघि बढ्यौ, शान्ति प्रक्रियामा आइसकेपछि संगठनले जसरी जनताकाबीचमा जानुपर्ने हो, त्यो अनुरुप जान सकिएन्, फलस्वरुप स्थानीय तहको चुनावमा सन्तोषजनक परिणम आएन तर पनि हाम्रो ऐजेण्डा जितेको छ ।”

अध्यक्ष दाहालले “अब काँग्रेस, एमालेले जिते पनि संघीयता खारेज गर्छु भन्न सक्ने अवस्था छैन,” भन्दै एकपछि अर्को विभाजनको प्रक्रियाबाट पार्टी गुज्रिएकाले पनि जनतामा निराश हुन सक्ने भएकाले अब सबै माओवादी शक्ति मिल्नुपर्ने बताउनुभयो ।

आगामी माघ ८ गते भित्र तीनै तहकोे निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता रहेको उल्लेख गर्दै उहाँले समय कम भएकाले केन्द्र र प्रदेशको निर्वाचन एकैचोटि गरौं भन्ने प्रस्ताव राखेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : १६ श्रावण २०७४, सोमबार  १ : ०९ बजे