२४ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025

जिसस सोलुखुम्बुका निर्वाचित पदाधिकारीलाई सपथग्रहण



सोलुखुम्बु, ३२ साउन । जिल्ला समन्वय समिति सोलुखुम्बुका नव निर्वाचित पदाधिकारीहरुले मंगलबार शपथग्रहण गरेकाछन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शपथ ग्रहणका साथमा प्रमाण पत्र वितरण गरेको हो ।

निर्वाचित मध्ये प्रमुख र उपप्रमुखलाई मुख्य निर्वाचन अधिकृत प्रकाश चन्द्र अधिकारीले र अन्य निर्वाचित सदस्यहरुलाई जिल्ला समन्वय समितीका प्रमुख बिर कुमार राईले सपथ गराएका हुन् ।
निर्वाचित हुने पदाधिकारीमा प्रमुखमा वीर कुमार राई, र उपप्रमुखमा धर्मराज बन रहेकाछन् । राई नेकपा एमालेको तर्फबाट र बन माओवादी केन्द्रको तर्फबाट निर्वाचित भएका हुन् । यस्तै सदस्यहरुमा नेकपा एमालेको तर्फबाट रामकाजी राई, डोल्मा तामाङ, दाडोमा शेर्पा, मोहन कृष्ण बस्नेत, चरित्र भुजेल र मानबहादुर श्रेष्ठ निर्वाचित भएका छन् भने माओवादी केन्द्रकी रामकुमारी राई पनि सदस्य निर्वाचित भएकीछन् ।
साउन २८ गते आपसमा समन्वय गर्दै समन्वय समिति गठन गर्ने सहमति भए अनुसार जिल्ला समन्वय समिति नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सहकार्यमा गठन भएको हो । समितिमा नेपाली कांग्रेसको तर्फवाट भने कसैले पनि मनोनयन दर्ता गराएनन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७४, बुधबार  २ : ५४ बजे