१ माघ २०८२, बिहिबार | Thu Jan 15 2026

अवैधरूपमा सीमापार गर्न लागेका गाई नियन्त्रणमा


११ भाद्र २०७४, आइतबार  

0
Shares

महोत्तरी, ११ भदौ । भन्सार छली भारततर्फ अवैधरूपमा लैजाँदै गरेको २९ वटा गाई प्रहरीले बर्दिबासबाट नियन्त्रणमा लिएको छ । गएराति इलाका प्रहरी कार्यालय बर्दिवासले विशेष सुराकीका आधारमा बर्दिबास नगरपालिका–२ बाट २६ गाई र तीनवटा गोरु नियन्त्रणमा लिएको हो । ना६क ३८४१ नंको ट्रकमा बर्दिबासबाट औरही–जलेश्वर सडकखण्ड हुँदै भारततर्फ लैजाँदै गर्दा विशेष सुराकीका आधारमा प्रहरीले बरामद गरेको प्रहरी निरीक्षक वासुदेव थापाले जानकारी दिनुभयो । बरामद गरिएका गाई हेटौँडाबाट ल्याइएको र भारत, बंगलादेशतर्फ लैजान लागेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

बरामद गाई र ट्रक आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जलेश्वरमा बुझाएको इप्रका बर्दिबासले जनाएको छ । महोत्तरीमा खुला सीमा नाकाका कारण दैनिक गाईगोरु भारतमा तस्करी हुँदै आएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७४, आइतबार  ६ : ०१ बजे