२४ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025

आफ्नै कार्यकताबाट कुटिए कांग्रेस सांसद [भिडियो सहित]



सिरहा, भदौ २१ । तेस्रो चरणको स्थानीय तह चुनावको टिकट वितरणलाई लिएर नेपाली कांग्रेसका सांसद रामचन्द्र यादव आफ्नै कार्यकर्ताबाट कुटिएका छन् । सिरहा नगरपालिकाको टिकटलाई लिएर कांग्रेसमा डा सुभाषचन्द्र यादव र उपेन्द्र यादव समूहबीच विवाद थियो । दुबैले मेयरको टिकट दाबी गरेका थिए, जसका कारण अन्य स्थानीय तहको उम्मेदवार तय भएपनि सिरहा नगरको हुन सकेन ।
सिरहाका चार सांसदले मंगलबार दिनभर प्रयास गरेपनि सहमति जुट्न सकेन । बुधबार विहान भएको छलफलमा डा सुभाषचन्द्रलाई मेयर र उपेन्द्र यादव समूहबाट उपमेयरको उम्मेदवार तय भयो । तर, डा सुभाषचन्द्रका समर्थक टिकट वितरणमा ढिला गरेको र सबै टिकट आफ्नो पक्षले पाउनु पर्ने भन्दै सभासदमाथि जाइलागे ।
‘सहमति भइसकेको थियो । तर, सुभाषचन्द्रको समूह कोठाभित्रै आएर मलाई एक्कासी कुटपिट गरे’ सभासद यादवले भने ।
लगतै सुभाषचन्द्र र उपेन्द्रको समूहबीच झडप भएको छ । त्यसक्रममा रडका साथै खुकुरी हानाहान भएको छ । झडपका क्रममा क्षेत्रीय सभापतिसहित १० जना घाइते भएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ ।

https://www.youtube.com/watch?v=Vgz1oSi2Z8c&t=1s

 

प्रकाशित मिति : २१ भाद्र २०७४, बुधबार  ४ : ५७ बजे