काबुल, २२ भदौ । अफगानिस्तानको फर्याब प्रान्तमा अफगान सेनाले गरेको कारबाहीमा परी कम्तीमा १८ जना लडाकू मारिएको समाचार छ । मारिएकामा आइएस संगठन आवद्ध लडाकू परेका प्राप्त समाचारमा जनाइएको छ । सो क्षेत्रमा आइएसका क्रियाकलाप बढ्दो रुपमा रहेको पाइएको सूचनाका आधारमा अफगान सेनाले कारबाही थालेको थियो ।
बिहीबार बिहान गरिएको उक्त कारबाहीका क्रममा ती लडाकू मारिएको अफगानिस्तानको गृह मन्त्रालयले जानकारी दिएको छ ।
२२ भाद्र २०७४, बिहिबार
0
Shares







