सोलुखुम्बु, २४ भदौ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविर कसलाई पुग्ने रहर हुँदैन होला ? झनै यसको शिखर चुम्न कसको सपना छैन होला ? तर त्यत्ति सजिलो छैन सगरमाथाको आधारशिविरसम्म पुग्न । झनै यसको शिखर चुम्नु त धेरै परको कुरा भन्नेहरु पनि यो दुनियाँमा धेरै भेटिन्छन् ।
मानिस जन्मिसकेपछि जीवनमा एक चोटी पुग्नै पर्ने ठाउँ हो सगरमाथाको आधारशिविर । सगरमाथा क्षेत्रको सौन्दर्य हिमालको दृष्यवलोकन मात्र होइन ? विश्व सम्पदामा सूचीकृत सगरमाथा राष्ट्रिय निकुञ्ज, रामसार सूचीमा सूचीकृत गोक्यो हिमताल, विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको थामे जलविद्युत, विश्वको सबैभन्दा खतरनाक तेञ्जिङ हिलारी विमानस्थल लुक्ला, विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको पाचतारे होटल एभरेष्टभ्यू लगायत उच्च हिमाली क्षेत्र भ्रमणको भरपूर अनुभव गर्न सकिन्छ ।
त्यत्ति मात्र होइन विश्वमा दुर्लभ हिमचितुवा, रेड पाण्डा, डाँफे, कस्तुरी मृग, हिमाली झारल, मुनाल, हिउँ कुखुरा, राज हाँस लगायत पशुपंक्षीहरुको दृष्यवलोकन पनि गर्न सकिन्छ ।

खुम्बुपासाङल्हामु गाउँपालिकाको मुख्य पर्यटकीय लुक्ला बजार ।

विश्वको सबैभन्दा खतरनाक तेञ्जिङ हिलारी विमानस्थल लुक्ला ।

ढुंगामा कुदिँएका लामा अक्षर, स्तुपा र पृष्ठभूमीमा थामसेर्कु हिमाल ।

दिङबोचेबाट देखिएको आमाडब्लम हिमालको दृष्य ।

इम्जा हिमतालबाट देखिएको आमाडब्लमको दृष्य ।

इम्जा हिमालको पानी घटाउनको लागि प्रयोग गरिएको डोजर र पृष्ठभूमीमा लोत्होत्सेसार ।

थुक्लाबाट देखिएको साँझपखको चोलाच्चे हिमालको दृष्य ।

लबुचेमा हिउँ परेपछिको दृष्य ।

५ हजार १ सय ८० मिटरको उचाईमा रहेको सोलुखुम्बुको उत्तरी क्षेत्रको अन्तिम मानव वस्ती गोरक्सेप ।

गोरक्सेपबाट देखिएको नुप्चे हिमालको दृष्य ।

सगरमाथा आधारशिविर नजिकै बाट देखिएको नुप्चे हिमालको दृष्य ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविर । यो समुन्द्र सतहबाट ५ हजार ३ सय ६४ मिटरको उचाईमा रहेको छ । तस्वीरः बुद्धवीर बाहिङ
२४ भाद्र २०७४, शनिबार
224
Shares







