३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

दक्षिण कोरियामा नेपालीलाई समस्या परे कहाँ सम्पर्क गर्ने ? थाहा पाउनुहोस ।



काठमाडौं, २९ भदौ । नेपालले इपिएस प्रणाली अन्र्तगत रोजगारीको लागि सन् २००८ देखि नेपाली कामदार कोरिया पठाउदै आएको छ । इपिएस कोरिया शाखाका अनुसार सम्झौता हुनुअघि आफ्नै तरिकाले झण्डै १ हजार कामदार कोरिया गएका थिए । कोरियामा अहिले झण्डै ४० हजार नेपाली कामदार छन् । त्यसमध्ये ८० प्रतिशत नेपाली युवा औद्यागिक क्षेत्रमा काम गर्छन । २० प्रतिशत युवा कृषि तथा पशुपालन क्षेत्रमा काम गर्छन ।

रोजगारीका लागि कोरिया जान कोरियन भाषा जान्न जरुरी छ । त्यसैले नेपाल सरकारले लिने रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गर्नेले मात्रै कोरियामा रोजगारी पाउँछन् । भाषासँगै सीप पनि सिक्न जरुरी छ । भाषा परीक्षा र सीपवापत एचआरडी कोरियाले तोकेको न्यूनतम शुल्क तिनुपर्छ । रोजगारीका लागि कोरिया पुगे पछि युवाले चार वर्ष १० महिना काम गर्न पाउँछन् । भाषा परीक्षा पास गर्ने सबै युवा कोरिया जान पाउँदैनन । किनभने भाषा परीक्षामा कोरियाले माग गरेको कामदारको संख्या भन्दा निक्कै बढी पास हुन्छन् ।
दक्षिण कोरियामा नेपालको दूतावास राजधानी सोलमा छ । कुनै समस्या परेमा सोलस्थित नेपाली दूतावासमा सम्पर्क गरे सल्लाह र सहयोग पाइन्छ ।
37-24, Sungbuk-dong, Sungbuk-gu, Seoul
Tel= No= 0082 -02_ 37899770/1
Fax No= 0082 -02_ 7368848
Email: seoul@mofa.gov.np,
nepembseoul@yahoo.com
Website: nepembseoul.gov.np,www.nepembseoul.or.kr
आप्रवासी कामदार सहयोगका लागि कोरियामा माइग्रेन्ट वर्कस सेन्टरले वहुभाषिक परामर्श समर्थन सेवा सञ्चालन गर्दै आइरहेको छ । आप्रवासी कामदारलाई भाषा र संवाद सम्बन्धी अप्ठयारो परेमा आप्रवासी सहायता नम्वर १६४४–०६४४ मा सम्पर्क गरी नेपाली भाषाको लागि १२ थिचेर आफ्ना समस्या राख्न सकिन्छ ।
न्यूनतम तलव ज्याला नदिएमा वा ढिला गरेमा, आप्रवासन र प्रवास सम्बन्धी समस्या परेमा, रोजगार परमिट प्रणाली विषयमा, औद्योगिक दुर्घटना भएमा, अन्तर्रा्ष्ट्रिय विषयमा, मृत्यु र कर्मकाण्ड, ठगी, आक्रमण, नागरिक मुद्दा साथै अन्य समस्या राख्न सकिन्छ ।
सेवा फिर्ता कल – सेवा कल फिर्ताको लागि आफ्नो फोन नम्बर छोड्न नभुल्नुहोला
फोन गर्ने समयावधि
सोमवार – शुक्रवार बिहान ९:००,  बेलुका ६:००
आइतवार दिउसो १:००, बेलुका ७:००
लन्च समय दिउसो १२:००, १:०० बजे सम्म
शनिवार र आधिकारिक बिदाहरुको दिन केन्द्र बन्द रहनेछ ।

प्रकाशित मिति : २९ भाद्र २०७४, बिहिबार  ४ : २८ बजे