इरान, १ असोज । इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले अमेरिकाले आणविक सम्झौताबारे इरानसँग सन् २०१५ मा गरेको आणविक सम्झौतालाई उल्लङ्घन गर्न नहुने बताउनुभएको छ ।
सर्वोच्च नेता खामेनीले आइतबार अमेरिकाले आणविक सम्झौतालाई उल्लङ्घन गर्ने बाटोमा लाग्नु भनेको ‘साँच्चै निन्दनीय’ कार्य हुने र यसतर्फ अमेरिकी प्रशासन सचेत बन्न चेतावनी जनाउनुभएको छ ।
उनीहरू (अमेरिकी प्रशासन) ले आणविक सम्झौताबारे भएको ‘संयुक्त बृहद् कार्ययोजना’ लाई लागू गर्ने कुरामा आनाकानी गर्नु वा सम्झौताको उल्लङ्घन गर्नु अमेरिकी ‘अनैतिक तथा दुर्भावनापूर्ण व्यवहार’ हो, खामेनीले बताउनुभयो ।
उहाँले अमेरिकी प्रशासनलाई वास्तवमै द्वेषपूर्ण भावनाबाट अघि बढ्न चाहेको भनी आलोचना गर्दै भन्नुभयो,“ अमेरिकी राष्ट्रपतिले हालै इरान विरुद्ध प्रस्ताव गरेको प्रतिबन्ध यसैको परिणाम हो ।”
१ आश्विन २०७४, आइतबार
0
Shares







