१ मंसिर २०८२, आइतबार | Sun Nov 16 2025

लण्डन रेल आक्रमणमा सम्लग्न रहेको आशङ्कामा दोस्रो व्यक्ति गिरफ्तार



 

लण्डन, १ असोज । गत शुक्रबार लण्डनको रेलमा भएको आक्रमणसँग सम्बन्धित रहेको आंशकामा थप एकजना गिरफ्तार परेको त्यहाँको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ती २१ वर्षीय युवक आतंकवादी घट्नामा संलग्न भएको आशंकामा पश्चिम लण्डनबाट शनिबार राति गिरफ्तार गरिएको हो र उनलाई दक्षिणी लण्डनमा हिरासतमा राखिएको छ । उनको परिचय अनुसन्धान जारी रहेको भन्दै खुलाइएको छैन ।
३० जना घाइते हुने गरी भएको विस्फोटमा संलग्न रहेको आशंकामा एकजना १८ वर्षीय पुरुषलाई शनिबार गिरफ्तार गरिएको थियो । गिरफ्तार परेका आरोपितको बसोबास भएको इलाका सनबरीमा बिशेष निगरानी राख्दै खानतलासी समेत गरिरहेको छ ।
बेलायतमा गएको नौ महिनाभित्र भएको यो पाँचौं आतंकवादी घटना होे तर यसमा ३० जना घाइते भएपनि कसैको पनि ज्यान गएको थिएन ।

प्रकाशित मिति : १ आश्विन २०७४, आइतबार  ४ : ५१ बजे