७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

वडाध्यक्षमा एमाले विजयी



पर्सा, ३ असोज । पटेर्वासुगौली गाउँपालिकाको वडा नं १ मा नेकपा (एमाले) को समूह विजयी भएको छ ।
अबेर रातिदेखि शुरु भएको मतगणना बिहान सम्पन्न हुँदा वडाध्यक्षमा एमालेका अरमान मियाँ अन्सारीसहित पाँचै जना विजयी भएका हुन् ।

अन्सारीले आफ्ना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुलमान मियाँ दर्जीलाई १८५ मतको अन्तरले पराजित गरेको पटेर्वासुगौली गाउँपालिकाका निर्वाचन अधिकृत रामचन्द्र शर्माले जनाकारी दिए ।

अन्सारीले ४९० र दर्जीले ३०५ मत प्राप्त गरेका छन् । पटेर्वासुगौली गाउँपालिका वडा नं २ को मतगणना बिहान १० बजेदेखि शुरु भएको निर्वाचन अधिकृत शर्माले जानकारी दिए ।

यसैबीच वीरगञ्ज महानगपालिकाको मतगणना आज बिहान ११ः३० बजेदेखि वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा शुरु गर्ने सर्वदलीय सहमति भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

बत्तीस वटा वडा रहको महानगरपालिकाका १ र ३२, २ र ३१ गरी वडाका मत गन्ती गरिने दलबीच सहमति भएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७४, मंगलबार  ७ : १४ बजे