२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

भंगहा १ मा माओवादी केन्द्रको प्यानलै विजयी


४ आश्विन २०७४, बुधबार  

0
Shares

महोत्तरी, ४ असोज । महोत्तरी जिल्लाकै भंगहा नगरपालिका वडा नम्बर १ मा नेकपा (माओवादी केन्द्र) को प्यानलै विजयी भएको छ । निर्वाचन अधिकृत तिलकबहादुर कार्कीका अनुसार भंगहा नगरपालिका–१ को वडाध्यक्षमा नवलकिशोर कापर ७८८ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी राजपाका राजेश साह कलवारले ४६२ मत ल्याएका थिए । सो नगरपालिकाको प्रमुखमा राष्ट्रिय जनता पार्टीका उम्मेदवार ११७० मत ल्याएर अग्रस्थानमा रहेको निर्वाचन अधिकृत कार्कीले बताए ।

प्रकाशित मिति : ४ आश्विन २०७४, बुधबार  ५ : १५ बजे