काठमाडौं, ६ असोज । तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्रदेश न. २ मा नेपाली काङग्रेसले अग्रता कायमै राखेको छ । काङ्ग्रेसले १९ स्थानीय तहमा विजय हासिल गरेर पहिलो स्थानलाई कायमै राखेको हो । काङग्रेस २२ स्थानीय तहमा अगाडि छ । १२ स्थानीय तहमा विजय हासिल गर्दै दोस्रो स्थानमा माओवादी केन्द्र उक्लिएको छ । माके १३ स्थानीय तहमा अगाडि छ । राजपा नेपालले ९ स्थानमा विजयी हासिल गर्दै तेस्रो स्थानमा छ । राजपा १३ स्थानीय तहमा अगाडि छ । ९ स्थानीय तहमा विजयी हासिल गर्दै चौथोमा संघिय समाजवादी फोरम छ । फोरम ८ स्थानीय तहमा अगाडि छ । नेकमा एमाले ७ स्थानीय तहमा विजयी हासिल गर्दै पाँचौ स्थानमा धकेलिएको छ । एमाले १२ स्थानीय तहमा अगाडि छ ।

६ आश्विन २०७४, शुक्रबार
0
Shares







