२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

मतपरिणाम अपडेटः प्रदेश न. २ मा काङ्ग्रेस पहिलो, माकेको दोस्रो स्थान कायमै


६ आश्विन २०७४, शुक्रबार  

0
Shares

काठमाडौं, ६ असोज । तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्रदेश न. २ मा नेपाली काङग्रेसले अग्रता कायमै राखेको छ । काङ्ग्रेसले २७ स्थानीय तहमा विजय हासिल गरेर पहिलो स्थानलाई कायमै राखेको हो । काङग्रेस १४ स्थानीय तहमा अगाडि छ । १४ स्थानीय तहमा विजय हासिल गर्दै दोस्रो स्थानमा माओवादी केन्द्र उक्लिएको छ । माके १० स्थानीय तहमा अगाडि छ । राजपा नेपालले १३ स्थानमा विजयी हासिल गर्दै तेस्रो स्थानमा छ । राजपा ९ स्थानीय तहमा अगाडि छ । ११ स्थानीय तहमा विजयी हासिल गर्दै चौथोमा संघिय समाजवादी फोरम छ । फोरम ७ स्थानीय तहमा अगाडि छ । नेकमा एमाले ८ स्थानीय तहमा विजयी हासिल गर्दै पाँचौ स्थानमा धकेलिएको छ । एमाले १३ स्थानीय तहमा अगाडि छ ।

प्रकाशित मिति : ६ आश्विन २०७४, शुक्रबार  ५ : ०३ बजे