धनुषा, ७ असोज । मिथिला नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार नगर प्रमुख र उपप्रमुख दुवैमा विजयी भएका छन् ।
नगर प्रमुखमा एमालेका हरिनारायण महतो विजयी भएका हुन् । उनले ६ हजार ७ सय ४० र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजकुमार महतोले ५ हजार १ सय ७८ मत ल्याएका थिए ।
त्यसैगरी उपप्रमुखमा एमालेकै ताराकुमारी बस्नेत विजयी भएका छन् । उनले ६ हजार ६ सय ६५ र उनका निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का मीनबहादुर जर्घा मगरले ६ हजार ३ सय ३८ मत ल्याएका थिए ।








