३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

बलान विहुलमा फोरम नेपाल विजयी



राजविराज, ७ असोज । सप्तरीको बलान विहुल गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ ।
फोरमका दयानन्द गोइत २ हजार २ सय ३८ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीतेन्द्रकुमार यादवले १ हजार ३ सय २२ मत ल्याएका थिए ।
उपाध्यक्षमा पनि फोरम नेपालकै रुपी गुप्ता १ हजार ८ सय २ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका विमलादेवी यादवले १ हजार ४ सय ६८ मत ल्याएका थिए ।
सुरुङ्गामा काँग्रेस विजयी
काँग्रेसका मुक्तलाल चौधरी ५ हजार २ सय ७९ मत ल्याएर सुरुङ्गा नगरपालिका प्रमुखमा विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का रामनारायण चौधरीले ५ हजार ६९ मत ल्याएका थिए ।
त्यस्तै उपाध्यक्षमा काँग्रेसकै विन्दु पासवान ५ हजार ३६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेकै सविना डोटेलले ८ हजार ४ मत ल्याएका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७४, शनिबार  ४ : ५२ बजे