१ माघ २०८२, बिहिबार | Thu Jan 15 2026

राजविराजको मतगणना पुनःशुरु



 

राजविराज, ८ असोज । दुई दिनदेखि अवरुद्ध सप्तरीको राजविराज नगरपालिकाको मतगणना आज अपराह्नदेखि पुनः शुरु भएको छ ।

निर्वाचन कार्यालय र राजनीतिक दलका प्रतिनिधिबीच भएको छलफलपछि मतगणना शुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

शुक्रबार निर्वाचन कार्यालयले राजविराज नगरपालिका– १ को मत परिणाम सार्वजनिक गरेका बेला मत परिणाम कम भएको जनाउँदै विभिन्न राजनीतिक दलका प्रतिनिधिले विरोध गरेपछि सूचना टाँस गरी मतगणना स्थगन गरिएको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०७४, आइतबार  ९ : ३१ बजे