२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

अफगानिस्तानमा ४६ जनाको मृत्यु


१० आश्विन २०७४, मंगलबार  

0
Shares

 

काबुल, १० असोज । अफगानिस्तानमा सुरक्षाकर्मीको कारबाहीमा परी कम्तीमा ४६ जना लडाकूको मृत्यु भएको छ ।

घटनामा परी अन्य १८ जना घाइते भएको रक्षा मन्त्रालयले सोमबारी जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गत २४ घण्टाको अवधिमा सरकारी सुरक्षाकर्मीहरूले देशभरका विभिन्न ठाँउमा सुरक्षा कारबाही चलाएका थिए ।

Sagarmatha

मन्त्रालयको वक्तव्य अनुसार सुरक्षाकर्मीहरूले लडाकूहरूको १८ वटा आश्रयस्थल र बंकर नष्ट गरिदिएका छन् ।

अफगानी सेनाले प्रहरी र गुप्तचर निकायसँग मिलेर विगत छ महिनादेखि देशभरी कडा सुरक्षा कारबाही चलाएको छ ।

सुरक्षा कारबाहीका लागि झण्डै छ हजार सैनिक परिचालन गरिएको रक्षा मन्त्रालयले जनाएको छ । सिन्ह्वा

प्रकाशित मिति : १० आश्विन २०७४, मंगलबार  ३ : ०३ बजे