महोत्तरी, १२ असोज । नागरिकसँग गरिएको वाचा पूरा नगरिकन आफूले जनताको घरमा गई फूलमाला र अबीर नलगाउँने औरही नगरपालिकाका नवनिर्वाचित मेयर सुनीलकुमार यादवले प्रण गरेका छन् ।
बुधबार महोत्तरीको गौशाला आउनुभएका ३० वर्षिय नवनिर्वाचित मेयर यादवले जनताले आफूलाई काम गर्नका लागि चुनेकाले अब औरहीवासीका लागि नयाँनौलो काम नगरिकन जनताको घरमा गएर फूलमाला र अबीर नलगाउने बताएका हुन् ।
निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का प्रत्यासी नरेन्द्र यादवले औरहीको विकासका लागि आफूलाई सहयोग गर्ने भएपछि तोकिएको समयमा यस नगरपालिकालाई नेपालकै नमूना नगरका रुपमा परिचित गराइने नेपाली काँग्रेसबाट निर्वाचित नगरप्रमुख यादवले प्रतिबद्धता दोहो¥याएका छन् ।
राजपा नेता शरतसिंह भण्डारीको गृहनगरीका रुपमा परिचित भएको औरही विकासका सन्दर्भमा खासै फड्को मार्न नसकेको बताउँदै आफूले २ वर्षको अन्तरालमा आंशिकरुपमा वाचा पूरा गरेर जनतासँग मिलेर नै भव्य दीपावली गर्ने मेयर यादवले बताए ।
१२ आश्विन २०७४, बिहिबार
28
Shares







