२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

अमेरिकामा काँडेतारका कुरा



अमेरिका । अमेरिकाको टेक्सास पुगेका नायक एवं निर्माता नवल खड्काले नेपालको सिमानामा काँडेतार लगाउन जरुरी भएको बताएका छन् । एभरेष्ट ईन्टरटेन्मेन संस्थाले आयोजना गरेको साँस्कृति कार्यक्रमको शिलशिलामा अमेरिका पुगेका खड्काले नेपालको सीमान मिचिनबाट जोगाउन काँडेतार लगाउनु पर्ने बताएका हुन् । त्यसका लागि सम्पूर्ण एनआरएनले नेपाल सरकारलाई कुटनैतिक पहलका लागि दबाब दिन समेत आग्रह गरेका थिए ।

संस्थाका अध्यक्ष मनोज राईले अमेरिकामा रहेका सबै नेपालीहरुबाट निरन्तर साथ, सहयोग रहेको र आउने दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताए ।

संस्थाले नायक खड्का र लोकप्रिय गायिका सत्यकला राईलाई सम्मान समेत गरेको छ । सम्मानले थप जिम्मेवारी बोध भएको नायक खड्काले बताए । ड्यासपोरमा बसेर पनि नेपाली चलचित्र र साँस्कृतिक क्षेत्रमा पु¥याएका योगदानप्रति खड्काले प्रसंशा गरे । नेपालमा नेपाली चलचित्रलाई माया गर्ने र नगर्नेका बीचमा द्वन्द्व रहेको उनले बताए । कार्यक्रममा साँस्कृतिक नृत्य पनि प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७४, शुक्रबार  ३ : ०६ बजे