१ मंसिर २०८२, आइतबार | Sun Nov 16 2025

कंगोमा सैनिक विमान दुर्घटनाग्रस्त, कैयौँ सैनिक मारिएको आशङ्का



 

किन्सासा, १४ असोज । कंगोमा यहाँको राष्ट्रिय सेनाको एक कार्गाे बिमान शनिबार बिहान दुर्घटनामा परेको छ ।

सो विमानमा चालक दलका नौ जना सदस्य र अरुप नि केही सैनिक रहेको हुनसक्ने अनुमान गरिएको छ । उक्त विमान दुर्घटनाग्रस्त भएको स्थान पत्ता लागेकोले सो क्षेत्रमा अर्काे विमान जान लागेको छ ।

सेनाको सो जहाज कार्गाे लिएर गएको थियो । उक्त विमान राजधानी किन्सासाबाट कामेलीतर्फ लागेको थियो । तर जहाजमा प्राविधिक समस्या देखा परेकोले कामेली जान नसही बिमान राजधानीतर्फ नै फर्केको थियो ।

दुर्भाग्यबस राजधानी किन्सासा पुग्नुभन्दा केही समयमात्र अघि जहाज दुर्घटनामा परेको छ । राजधानी किन्सासा पुग्न करिब १०० किलोमीटर बाँकी रहँदा सो विमान खेतमा खसेको थियो ।

सैनिक स्रोतले आफ्नो नाम नबताउने सर्तमा सो विमानमा रहेका सबैजनाको ज्यान गएको बताएको छ । त्यस विमानमा अरु कतिजना यात्रु थिए भन्ने बारेमा अझै स्पष्ट भएको छैन । सिन्ह्वा

प्रकाशित मिति : १४ आश्विन २०७४, शनिबार  ५ : ०९ बजे