अर्थतन्त्रमा पर्यटन डाईनोसर की डाईनामिक

0 Shares

प्रकाश गाउँले । नेपाल पर्यटनको श्रेत्रमा संभावनाले भरिपुर्ण भएकोे देश हो । यहा विश्वकै अग्लो हिमाल सगरमाथा , गौतम वुद्ध जम्मेको देश, यहा प्रकृतिले दिएका अनुपम सुन्दर सुन्दर मनोरम दृश्य तथा श्रेत्रहरु  रहेका छन । जल, जमिन, जंगल, जडिबुटिले भरिपुर्ण देश नेपाल यसै पनि रमणिय छ भन्न सकिन्छ । यति मात्र नभई बिभन्नि जातका चराचुरुङगी, वन्यजन्तु, हिमश्रृङखला, खोला झरना, मठ मन्दिरका साथसाथै बिभिन्न यस्तै यस्तै विविध ठाँउहरुले भरिपुर्ण देश नेपाल बिभिन्न देशका लागि पर्यटकिय स्थल बन्दै आईरहेका छ । नेपाल पर्यटनको श्रेत्रमा अथाहा अबसरहरु रहेको पनि पाईन्छ । बिभिन्न ठाउहरुमा रहेका पर्यटकिय स्थलहरुलाई पहिचान गरेर प्रर्वद्धन तथा सम्र्वद्धन गर्ने हो भने पनि नेपालमा समृद्धिले निकै चाडो फड्को मारी विकासको बाटो तर्फ अगाडी बढदै जान सक्ने संभावनाहरु पनि प्रसस्तै रहेको पाईन्छ । पर्यटन भनेको एकठाउँबाट अर्को ठाउमा यात्रा गर्ने वा एक देश बाट अर्को देशमा यात्रा गर्ने कार्यलाई पर्यटन भनिन्छ भने तिनै घुम्न आउने व्याक्तीहरुलाईनै पर्यटक भनिन्छ । पर्यटन विकास तथा विस्तार हुनेको लागि पहिला विकासमा पुर्वाधारहरुको विकास भएमा मात्र पर्यटन श्रेत्रको पनि सहजै विस्तार हुने गर्दछ ।Prakash Gaule. पर्यटनको मुख्य उद्धेश्य भनेको पर्यटन श्रेत्रको बिविधिकरण, रोजगारीको सृजना, ग्रामिण पर्यटनको माध्यमबाट गरिबी निवारण गर्ने, जिवनस्तरमा सुधार गरी देशको अर्थतन्त्रलाइृ सुधार गर्दै लैजानु रहेको पाईन्छ । नेपालमा प्राय गरि पर्यटकहर मनोरञ्जन, पर्वतारोहण, दृश्यावलोकन, बोटिङ , स्केटिङ, व्यापार व्याबसाय आदि पर्यटकको प्राथामिकतामा पर्ने गरेका छन । प्राय गरि नेपालमा पर्यटकहरु मनोरञ्जन, तिर्थयात्रा, पदयात्रा अपचारिक तथा अनैपचारिक भेटघाट, धार्मिक ज्ञान, व्याबसायिक ञान कला तथा सस्कृति आदान प्रदानको लागि आउने गरेता पनि विगत वर्षमा गएको बिनाशकारी भुकम्पका कारण नेपालमा पर्यटन पेशाको विगतमा जस्तो त्यती फलदाई हुन सकेको छैन जस्तो लाग्छ ।
बिनाशकारी भूकम्पका कारण नेपालका सुन्दर तथा रमणिय क्षेत्रहरुमा केही क्षती पुग्न गएको कारण पनि पर्यटनको आगमनमा कमी आएको हो की भन्ने सबैमा महसुस भएको छ । पर्यटन प्रवद्र्धन गर्नेको लागि अब सरकारले नया निति तथा रणनितीहरु छिटै बिस्तार गर्नु पर्ने रहेको पाईन्छ । देशमा भएको अस्थिर सरकारका कारण पनि पर्यटन प्रवद्र्धनमा ढिला हुन गईरहेको पाईन्छ । नेपालमा यस्तो पर्याप्तमात्रामा पर्यटकिय स्थल हुदा हुदै पनि गएको बिनाशकारी भुकम्पका कारण पनि अस्त व्यास्त बनेको पर्यटन श्रेत्रलाई सरकारको तर्फबाट सुचनात्मक तथा प्रवद्धनात्मक कार्यक्रम अगाडी बढाई सुधारात्मक तथा सरकारात्मक कदमहरु चाल्न जरुरी रहेको छ । भुकम्पका कारण क्षत विक्षतभएका भैतिक संरचनाहरु, मठमन्दिर, धार्मिक स्थल , पाटीपैवा आदिलाई द्रुत गतिमा निर्माण गर्ने सक्दा मात्र पुन पर्यटकको मन जित्न सकिन्छ । अबका दिनहरुमा नया रणनितिका साथ पर्यटक श्रेत्रको बिकास तथा प्रवद्धन गर्ने हो भने पुन पहिलेकै अबस्था फर्किन सकिने अबस्था पनि रहेको छ । पर्यटक श्रेत्रको बिकास तथा बिस्तार गरेमा देशले विदेशी मुद्रा आर्जनमा वृद्धि गरि देशको आर्थिक श्रेत्रमा थप टेवा पुग्न जान्छ । आथिक वर्ष २०७१/२०७२ मा पर्यटन श्रेत्रबाट रु ५३ अरब ४२ करोड बरराबरको आथिक आर्जन भएको तथ्याङ पाईन्छ । पर्यटकहरुको संङख्या अझ बढाउन सकेमा बडि भन्दा बढि मुद्रा आर्जन गर्ने पनि सकिन्छ । देशले प्राप्त गरेको मुद्राबाट राष्ट्रले भोगिरहेको भुक्तान असन्तुलन तथा व्यापार असन्तुलनको सम्स्या पनि समाधान गर्ने सकिन्छ यसका साथसाथै रोजगारिको अबसरमा पनि थप वृद्धि गरेर पर्यटन श्रेत्रको बकिास गरेर बेरोजगारी समस्या हटाउन सकिन्छ ।
पर्यटन श्रेत्रको बिकास तथा बिस्तारबाट होटल तथा रेष्टुरेण्टहरु खोलिने, टे«किङको संख्यामा वृद्धि हुने, ट्राभल ऐजेन्शीहरुको बिकास हुने हुदा पनि बेरोजगारीको मात्रामा भने कमि हन सक्दछ । अझै यसै गरी बिनाशकारी भुकम्प पछिको पुनरनिर्माणमा सरकारले बिभिन्न दातृ निकायहरुसंग सम्झैता गरि छिटो भन्दा छिटो पुनरनिर्माण गर्ने सक्ने हो भने पनि पुन आन्तरिक तथा बाह्य पर्यटनहरुको आगमनबाट देशकोलागी थप राजस्वमा बृद्धि भई देशको अर्थतन्त्रमा समेत थप टेवा पुग्न सक्ने संभावना रहन्छ । यसैगरि पर्यटन श्रेत्रको थप बिकास तथा बिस्तार गर्नेको लागि घरेलु उधोगहरुको बिकामा पनि उत्तिकै मात्रामा ध्यान दिनु पर्ने देखिन्छ । घरेलु उधोगमा सरकारले बिभिन्न तालिमहरुको व्याबस्था गरि देशमा उपलब्ध भए सम्मका श्रोत्र तथा साधनहरुको उच्चतम सदुपयोग गरेर पनि पर्यटन भित्राउन सकिने सम्भावनहरु रहेका छन । पर्यटकहरु घरेलु बस्तु तथा सेवा प्रती बढिमात्रामा आर्कंषक हुने हुदा स्थानिय स्तरदेखी राष्ट्रिय स्तर सम्म घरेलु उधोगको बिकास तथा बिस्तामा सरकारले ध्यान दिन सकेमा पनि पर्यटकहरुलाई आर्कषक पारी अर्थतलाई थप मजबुद पार्न सकिन्छ ।
विश्वमा रहेका अग्ला हिमालहरुमध्ये नेपालमामै १४ वटा हिमालहरु पनि रहेका छन ,यसका साथै नेपालमा बहुभाषी, बहुजाती, बहुसस्कृति भएको हाम्रो देशमा पर्यटनको प्रर्वद्धन गर्ने सकेमा देशमा अथाहा समृद्धि हुन सक्ने पनि देखिन्छ । यतीमात्र कहा होर विश्वका ८०० प्रजातिका लालिगुरास मध्ये नेपालमा मात्र ३२ प्रजातीको रहेका छन, भने २६०० प्रजातीका जडिबुटी समेत रहेको पाईन्छ । पर्यटकहरु नेपालमा मनोरन्जनका लागि मात्र नआईकन नेपालको बास्तविक बस्तुस्थितीको बारेमा बुझन तथा नयाँ/नयाँ विषयबस्तुमा अनुशन्धानका लागि पनि आउने गरेको पाईन्छ । यी यस्ता बिभिन्न श्रेत्रलाई स्थानिय तह देखी राष्ट्रिय स्तरमा समुचित प्रर्वद्धन गर्ने सकेमा देशको राष्ट्रिय आयमा वृद्धि गर्ने सकेमा अर्थतन्त्रको अबस्थामा पनि सुधारात्मक परिवर्तन आउन सक्ने रहेको पाईन्छ । गत सालको बिनाशकारी भुकम्पका कारण नेपालका बिभिन्न पर्यटनका श्रेत्रहरुमा क्षती त पुगेकै छ र पनि पर्याप्त व्याबथापनको अभावका कारण बिभिन्न सम्स्याहरु पनि रहेको पाउन सकिन्छ ।
पर्यटकको लागि अझैपनि यातायात तथा सन्चारको साधानहरुको अभावका कारण पनि पर्यटन श्रेत्रको बिकासको लागि बाधक बनिरहेको पाईन्छ यसैगरि आन्तरकि तथा बाहय पर्यटनको लागि सुबिधासम्पन्न होटल तथा लजहरुको कमिका कारण, पर्याप्त मनोरञ्जनका ठाँउहरु हुदाहुदै पनि संरक्षण तथा पर्वद्र्धनका कमिका कारण पनि बिकास तथा बिस्तारमा समस्या उत्पन्न भएको देख्न सकिन्छ । यसै गरि प्रचार प्रसारको अभाव, सुरक्षाको कमी, तालिम प्राप्त जनशक्तिको कमीका कारण पनि पर्यंटन फस्टाउन सकिरहेका पाईदैन । अबका दिहरुमा नेपालमा पर्यटन श्रेत्रको बिकास तथा विस्तार गर्नेको लागि सरकारको श्रेत्रबाट मजवुद रणनिती सहित समस्याका उपायहरु पनि अबलम्बन गर्नु आवाश्यक रहेका पाईन्छ जस्तै यातायात तथा सन्चारको बिकास, गुणस्तरयुत्त होटल तथा लजको व्याबस्था, प्रदुषण नियन्त्रण, प्रचारप्रसार, मनोरञ्जन केन्द्रहरुको बिकास गर्दे लैजानु पर्दछ । सरकारले निर्माण गरेका पर्यटननिती तथा कार्यत्रमहरुलाई कागजमा मात्र सिमित नगरकिन अबका दिनहरुमा व्याबहारमा लागु गर्ने सकिएन भने पर्यटन श्रेत्र बिस्तारे बिस्तारै डाईनोसर पो हुने होकी बिचारणिय बन्न पुगेको छ । नेपालको प्राकृतिक, सास्कृ्तिक, जैविक एंव मानव निर्मित साधनहरुको जर्गेनामा ध्यान नदिने हो र भुकम्प पछिको धस्त भएको नेपालका पुरातात्वीक, धार्मिक, स्थलहरुको अवशेष मात्र रही बिस्तारै बिस्तारै डाईनोसरको रुपमा परिणत पो हुने हो की बिचारणीय बन्दै गएको छ । तर पनि देशले स्थिर सरकार पाएको खण्डमा र अर्थतन्त्र समृद्धि भयो भने पक्कै पनि भुकम्प पछिको अबस्थालाई डाईनोसर हुन नदिई थप डाईनामिक पनि बनाउन सकिन्छ । राष्ट्रमा डाईनामिक सरकार र अर्थतन्त्र रहने हो भने पर्यटन श्रेत्रमा पनि थप टेवा पुग्न गई अझ अर्थतन्त्रमा टेवा पुग्न सक्ने अबस्था रहन्छ । पर्यटन श्रेत्रमा थप नया निती तथा कार्यक्रमहरु अबलम्बन गरी नया गुरु योजनाका साथ अगाडी बढने हो भने लक्ष्य अनुसारको प्रतिफल सहजै प्राप्त गर्ने सकिन्छ । केही तथ्याङकहरु हेर्दा नेपालमा बढि मात्रामा पर्यटकहरु मनोरञ्जनमा ७१% भित्रिने हुदा राष्ट्रले पर्याप्त मात्रामा रोयल्टी संकलन गरी देशलाई समृद्धि तर्फ पनि लान सकिने माध्यम पर्यटन श्रेत्र भएकाले अबका दिनमा सरकारी श्रेत्रबाट पनि पर्याप्त मात्रामा पर्यटन श्रेत्रमा बिकास बिस्तार, प्रर्वदनका कार्यक्रमहरु अगाडी बढाई पर्यटनलाई डाईनोसर हुनबाट रोक्दै थप डाईनामिक बनाउदै अगाडी बढनु आजको आवाश्यकता हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार