भुकम्प पीडितहरुलाई अनुदान वितरणः जेष्ठ नागरिकलाई अनुदान लिनै समस्या

0 Shares

ओखलढुंगा, २५ भदौ । ओखलढुंगामा भुकम्प पीडितहरुलाई स्थायी आवाश निर्माणका लागि दिइने अनुदान रकम वितरण शुरु भएको छ । पहिलो चरणमा ५ सय ७७ जनालाई वितरण गरिएपछि विवरण नमिल्दा रोकिएको वितरण कार्य आजबाट शुरु भएको हो । img_20160911_1318341जिल्ला विकास समितिले १७ हजार ३ परिवारलाई अनुदान उपलब्ध गराउन विवरणसहित बजेट निकासा गरेपछि बैंकमार्फत रकम वितरण शुरु भएको हो ।
ओखलढुंगामा राष्ट्रिय बाणिज्य बैंकसहित ६ ओटा निजि बैंकहरुले अनुदान वितरणको अनुमति पाएका छन् । आज शनिबार राष्ट्रिय बाणिज्य बैंक र टुरिजम विकास बैंकले अनुदान वितरण गरेका छन् । विदाको दिन अन्य कारोबार नहुने भएकाले शनिबार पीडितहरुलाई खाता संचलन गरि रकम वितरण एकैसाथ शुरु गरिएको बैंकहरुले जनाएका छन् ।
पहिलो चरणमा साउनमा रकम वितरण गरिए पनि अनुदान सम्झौता र पुनः निर्माण प्राधिकरणको तथ्यांकमा नाम नामेशी मेल नखाएपछि रोकिएको थियो । झण्डै एक महिनासम्म ना नामेशी रुजु गरी सच्याउने काम भएपछि अनुदान वितरणका लागि विवरणसहित रकम निकासा गरिएको जिविसका कम्युटर शाखाका प्रमुख पदम परियारले बताए । बैंकले शनिबार मात्र अनुदान वितरण गर्ने भएपछि दुर्गम गाउँका जेष्ठ नागरिहरुलाई भने अनुदान लिन समस्या भएको छ । टाढा देखी आउन र जान समस्या हुने, बैंकमा आफै उपस्थित हुनु पर्ने भएकाले उनीहरु समस्यामा परेका हुन् । दिनभरि लाइन बसेर पनि अर्को हप्ता आउनु पर्ने भएपछि अनुदान रकम आवत जावत मै खर्च हुने अनुदान लिन सदरमुकाम आउनुभएका भुकम्प पीडित अक्कलबहादुर मगरले गुनासो गरे । अनुदान लिन भूकम्प पीडितहरुको सदरमुकामका बैंकमा शनिबार दिनभरी भीड थियो ।
बंैकले भने अन्य दिन थप भीड हुने भएकाले शनिबार वितरण गर्दा सहज हुने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार