७ असार २०८३, आइतबार | Sun Jun 21 2026

‘बौद्ध स्तुपा’का सुन्दरता, हेर्नुस् १० तस्वीर



काठमाडौं । काठमाडौंको बौद्धनाथ क्षेत्रको स्तुपालाई हेर्ने र दर्शन गर्नेहरू दंग हुन्छन् । किनभने डेढ वर्षअघि भूकम्पको शिकार भएको बौद्ध एक वर्षपछि नै पुरानोभन्दा पनि चमकदार स्वरुपमा उभिएको छ । बौद्धले नयाँ जुनी पाएको छ भनौैं या नयाँ अवतार झन बढी सुन्तरता थपिएको छ ।

यसलाई माया गर्ने र आस्थाको केन्द्र मान्नेहरुले आफ्नो सम्पदा फेरि ‘उज्यालो’ रुपमा जस्ताको तस्तै पाएका छन् ।
एउटै भूकम्पको धक्काले अस्तब्यस्त भएको स्वयम्भुनाथ क्षेत्र आज पनि उस्तै स्वरुपमा छ । धरहरा कसले बनाउने भन्ने नै टुंगिएको छैन । यसले धार्मिक, सांस्कृतिक र पुरतात्विक सम्पदालाई माया गर्ने धेरैको मनलाई बिझाउँछ ।

तर, बौद्धनाथ क्षेत्रमा पुग्नेहरुले नेपालमा ‘समयमै केही हुँदैन’ भन्न पाउने छैनन् । किनभने बौद्ध स्तुपाले आफ्नो पुरानो स्वरुप पाउन धेरै समय लगाएन । कारण एउटै छ, स्थानीयको जागरण र मिहेनत ।

सरकारी तवरबाट पुरातात्विक सम्पदाका पुनर्निर्माणमा ढिलाइ भइरहँदा बौद्धनाथ क्षेत्र विकास समिति आफैंले यसलाई तदारुकताका साथ निर्माण गरेको हो । भूकम्प गएको डेढवर्षमै बौद्धनाथ फेरि ‘चम्किलो’ भएको छ ।


तस्वीरः बुद्धवीर बाहिङ ।

प्रकाशित मिति : १७ कार्तिक २०७४, शुक्रबार  ५ : ३७ बजे