७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

यमनी सुरक्षाकर्मीसँगको झडपमा ३५ हुथी लडाकूको मृत्यु



यमन । सरकारी सुरक्षाकर्मीसँग शुक्रबार रातिदेखि भएको सशस्त्र झडपमा परी यमनी सिया हुथी समूहका कम्तीमा ३५ लडाकूको मृत्यु भएको यमनको सरकारी सेनाका एक कमाण्डरले सिन्ह्वा न्यूज एजेन्सीलाई जनाएका छन् ।
आफू सूचना दिने आधिकारिक व्यक्ति नभएको बताउँदै आफ्नो नाम सार्वजनिक नगर्ने शर्तमा उनले भने, “दक्षिणपश्चिममा रहेको ताइज प्रान्तमा भएका छन् भने सशक्त कारबाहीमा ३५ जनाको मृत्यु भएको र झडपमा १९ जना विद्रोही घाइते भएका छन् ।”
झडपका क्रममा सरकारी सुरक्षाकर्मीले केही स्थानमा बिछ्र्याइएका शक्तिशाली विस्पोटक पदार्थलाई निस्क्रिय पारेको र ठूलो मात्रामा बन्दोबस्तीका सामान तथा हतियार बनाउन प्रयोग गरिने कच्चा पदार्थ पनि नियन्त्रणमा लिई नस्ट गरेको सुरक्षा स्रोतले जनाएको छ ।
सेनाले आफ्नोतर्फ क्षति भएको वा नभएको सम्बन्धमा केही जनाएको छैन । तर स्थानीय स्वास्थ्यकर्मीले भने सरकारी सुरक्षाकर्मीतर्फ पनि २० जनाको मृत्यु भएको जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७४, शनिबार  २ : ४२ बजे