२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

चीनका राष्ट्रपति लाओसको औपचारिक भ्रमणमा


सिन्ह्वा

२७ कार्तिक २०७४, सोमबार  

35
Shares

लाओस । चीनका राष्ट्रपति सि जिनपिङ सोमबार औपचारिक भ्रमणका लागि लाओस आइपुगेका छन् ।
दुई समाजवादी मुलुकका बीचमा दुईपक्षीय सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले भ्रमण भएको अधिकारीहरूले बताएका छन् ।
दक्षिणपुर्वी छिमेकी देश लाओसमा चीनका राज्य प्रमुखको यो भ्रमण ११ वर्षपछि भएको पहिलो भ्रमण हो ।
राष्ट्रपति सिले ‘लाओ पिपलस् रिभोलुस्नरी पार्टी’का महासचिव तथा लाओसका राष्ट्रपति बौन्हाङ भोराचीटसँग भेटबार्ता गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी प्रधानमन्त्री थोङलोउन सिसौलिथ र संसदका अध्यक्ष पानी याथोतुलाई पनि राष्ट्रपति सिले औपचारिक भेटबार्ता गर्ने भ्रमण तालिका रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
चिनिया कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका राष्ट्रपति सीले लाओसको विमानस्थलमा ओर्लिएपछि लिखित मन्तव्य दिँदै लाओसको सरकार, सत्तारुढ पार्टी र लाओसका जनताप्रति चिनिया कम्युनिष्ट पार्टी, चिनिया सरकार र चिनिया जनताको तर्फबाट बन्धुत्वको शुभकामना व्यक्त गरे ।
कम्युनिष्ट नेतृत्वको समाजवादी देश भएकाले दुवै देशबीचमा साच्चिकैको असल मित्रता रहेको बताउदै उनले भने, “असल छिमेकी, साथी, सहयोगी र साझेदारीता छ ।”
दुई देशको कुटनीतिक संवन्ध स्थापना भएको ५६ बर्षदेखि नै परम्परागत रुपमा असल छिमेकी, असल मित्र र असल सम्वन्ध रहेको र त्यसलाई अझ बलियो बनाउदै लगिने उनले बताए ।
उनलाई भियतनामका बरिष्ठ नेताहरु र राज्य नेताहरुले विमानस्थलमा स्वागत गरेका थिए ।
यसैबिच, सोमबार नै भियतनामको भ्रमण गर्नु भएका चिनिया राष्ट्रपति सिले चीन र भियतनामको पार्टी, पार्टी र राज्य, राज्यकाबीचमा अत्यन्तै राम्रो सम्वन्ध रहेको बताएका छन् ।
उनले भियतनामको कम्युनिष्ट पार्टीका महासचिव नगुयेन फु ट्रोङसँग सोमबार नै भेटबार्ता गरेका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७४, सोमबार  ३ : २४ बजे