६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

निमोनियाका कारण केन्यामा वार्षिक ३१ हजार बालबालिकाको मृत्यु

सिन्ह्वा



नैरोबी । केन्यामा वर्षेनी झण्डै ३१ हजार जना बालबालिकाले ज्यान गुमाउने गरेको एक सरकारी तथ्यांक सोमबार सार्वजनिक भएको छ ।
स्वास्थ्य मन्त्री क्लेओपा माइलुले पर्याप्त स्वास्थ्य सचेतना बृद्धि गर्ने र प्रवद्र्धन गर्ने कार्यक्रमहरु नभएकाले मृत्यु हुनेहरूको संख्या धेरै रहेको बताएका छन् ।

“नवजात शिशुहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहजै पहुँच हुन नसक्नु हाम्रो स्वास्थ्य सेवाको ठुलो चुनौति हो,” उनले भने ।
उनले केन्याका नागरिकहरुलाई स्वास्थ्यमा ध्यान दिन आग्रह गर्दै विषेश गरेर बालबालिकाको हेरचाह र खानपानमा ख्याल गर्ने समेत आह्वान गरेका छन ।

प्रकाशित मिति : २७ कार्तिक २०७४, सोमबार  ३ : ४७ बजे