३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

उदयपुरमा ११ बजेदेखि मतगणना शुरु


२२ मंसिर २०७४, शुक्रबार  

7
Shares

गाईघाट, प्रदेशसभा र प्रतिनिधिसभाको मंसिर २१ गते सम्पन्न भएको निर्वाचनको उदयपुर जिल्लामा आज ११ बजेदेखि मतगणना कार्य शुरु हुने भएको छ ।

उदयपुरका प्रजिअ प्रदीपराज कँडेलका अनुसार अहिले बिहान ८ बजे जिल्लाका राजनीतिक दल, मुख्य निर्वाचन अधिकृत र सुरक्षाकर्मी सहितको सर्वदलीय बैठकपछि ११ बजेदेखि औपचारिक रुपमा मतगणना कार्य शुरु हुने भएको हो ।

जिल्लाको ९८ मतदानस्थल र २३३ मतदान केन्द्रबाट सम्पूर्ण रुपमा मतपेटिका बिहीबार राति सम्ममा संकलन गर्ने कार्य सम्पन्न भइसकेका कारण आज ११ बजेबाट औपचारिक रुपमा मतगणना कार्य शुरु हुने भएको प्रजिअ कडेलले बनाएको छ ।

Sagarmatha

उदयपुरमा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि चार क्षेत्र निर्धारण भएको थियो । प्रतिनिधिसभाको सदस्यको उम्मेदवारमा १९ राजनीतिक दलले सहभागिता जनाएका छन् भने प्रदेशसभाका लागि दुई स्वतन्त्र उम्मेदवारसहित २९ राजनीतिक दलले सहभागिता जनाएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले बताएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७४, शुक्रबार  ४ : ३३ बजे