७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

साउदी अरबमा अपहरित न्यायाधीश मृत फेला



रियाद । गत बर्ष अपहरणमा परेका एक जना न्यायाधीश मृत अवस्थामा भेटिएको साउदी अरबको गृह मन्त्रालयले सोमबार पुिष्ट गरेको छ ।
पूर्वी प्रान्त अल क्वाटीफ क्षेत्रबाट बेपत्ता भएका न्यायाधीश सेख मोहम्मद विन अब्दुल्लाह अल जिरानीको मृत शरीर भेटिएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।
उनी चन्दा तथा पैत्रिक सम्पत्ति विभागमा कार्यरत थिए । उनी टारोटमा रहेको आफ्नै घर अगाडीबाट अपहरणमा परेका थिए ।
गत जनवरीमा मन्त्रालयले उनलाई अपहरण गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको र अरु तीन जना फरार रहेको जनाएको थियो ।
अपहरित न्यायाधीश यसअघि पनि पटक पटक आक्रमणको निशानामा पर्नु भएको थियो । उनको घरमा आगजनीको प्रयाससमेत भएकोे थियो ।

प्रकाशित मिति : १० पुस २०७४, सोमबार  ६ : ०८ बजे