काठमाडौं । ‘नेपाली टोपीस् नेपालीको शान, मान र पहिचान’ भन्ने मूल नाराका साथ जनवरी १ मा टोपी दिवस मनाइएको छ । अंग्रेजी नयाँ वर्षको दिन नेपाली टोपी लगाएर टोपी दिवस मनाउँदा अन्तराष्ट्रिय रुपमा नेपालीपनको प्रबद्र्धन र सँस्कृतिको प्रचारप्रसार हुने भएकाले यो दिवस मनाउन थालिएको हो ।

नेपाली टोपी नेपाली र नेपालीमूलका नागरिक भएका सबै देशहरुमा समग्र नेपालीहरुको साझा र मौलिक पहिचानको चिह्न भएकाले टोपी दिवस मनाउन थालिएको हो । शताब्दीऔं देखि प्रयोग भै रहेका विभिन्न प्रकारका नेपाली टोपीहरुको प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले २०१४ जनवरी १ बाट संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो ।
नेपालमा धेरै प्रकारका टोपी प्रयोग भए पनि भादगाउँले, ढाका र परम्परागत नेपाली टोपी मुख्य हुन् । त्यसबाहेक विभिन्न जात(जातिको आफ्नै टोपी पनि छन् । अन्तरराष्ट्रिय नेपाली टोपी दिवसमा आफ्नो आफ्नो क्षेत्र, जाति (जनजातिले आफ्नै टोपी वा टाउकोमा लगाउने आआफ्नो मौलिक पोशाक लगाएर मनाउन सकिने खुकुलो दिवस हो ।
१७ पुस २०७४, सोमबार
42
Shares







