काठमाडौं । राष्ट्रियसभा उम्मेदवारमा प्रदेश नं. १ बाट सोलुखुम्बुका सोनामछिरिङ शेर्पा र खोटाङबाट निवर्तमान सांसद पिके राई सिफारिस भएका छन् । शेर्पा सहित प्रदेश नं. १ बाट ४७ जनाको नाम राष्ट्रियसभा उम्मेदवारका लागि प्रदेश कमिटिले सिफारिस गरेको हो ।

राष्ट्रियसभा उम्मेदवार छान्न नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अपरान्ह बस्ने बैठकले राष्ट्रियसभाका लागि प्रदेशबाट सिफारिस भएर आएका उम्मेदवारहरुको बारेमा छलफल गर्ने बताइएको छ ।
माघ १० गते राष्ट्रियसभा सदस्यहरुको उम्मेदवारी मनोनयन गर्नुपर्ने भएकाले बैठकले उम्मेदवारको टुंगो लगाउने सम्भावना छ । उम्मेदवारलाई टिकट दिएर सम्बन्धित प्रदेशमा जाने समय पनि चाहिने भएकाले चाँडो टुंगो लगाउन नेतृत्व दबाबमा रहेको छ ।
राष्ट्रियसभाका कुल ५६ सिटको लागि चुनाव हुन लागेकोमा वामपन्थी गठबन्धनले जित्ने निश्चित भएका ४३ सिटमा उम्मेदवारी दिने गरी बाँडफाँट गरिसकेको छ । एमालेले ४३ मध्ये २९ सिटमा उम्मेदवारी दिनेछ । एमाले स्थायी कमिटीले प्रदेश कमिटीलाई एक सिटका लागि बढीमा ३ जनाको नाम सिफारिस गर्न भने पनि ४, ६ र ७ नम्बर प्रदेश बाहेक अन्यबाट धेरैको नाम आएकाले स्थायी कमिटीलेनै छान्नुपर्ने भएको छ ।
प्रदेश नम्बर १
प्रदेश नम्बर १ बाट एमालेले कोटाभन्दा धेरैको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा जगन्नाथ खतिवडा, अग्नि खरेल, पर्शुमेघी गुरुङ, गुरु बराल, शिव गुरुङ, युवराज कार्की, हरिशरण सिवाकोटी, किशोर अधिकारी, ओम कोइराला, लोककृष्ण भट्टराई, रविन कोइराला, दाताराम खनाल, खगेन्द्र चुँडाल, देवेन्द्र दाहाल, दीपक कार्की सिफारिस छन् ।
त्यस्तै मफुद अन्सारी, तैयव हुसेन, पीके राई, गोपाल गुरागाईं, किशोरचन्द्र दुलाल, डम्बरसिंह सम्बाहम्फे, डा.देउमान सम्बाहम्फे, विशेश्वरा दाहाल, इन्दु गौतम, जयन्ती राई, नयनकला ओझा, सुमित्रा भण्डारी, मालती सुब्बा, तारा ढकाल, खेम नेपाली, बुद्धिमान परियार, डिबी साह शंकर, ओमदयाल विक, टुन्जा बराइली, विष्णुमाया विक, द्रोण रेग्मी, डीपी राई, सोनामछिरिङ शेर्पा, पासाङ शेर्पा, दुर्गा लिंखा पनि सिफारिस भएका छन् ।
प्रदेश नम्बर २
प्रदेश नम्बर २ मा एमालेले जित्ने सम्भावना भएको एक सिटमात्र हो । वामपन्थी गठबन्धनको भागबण्डामा एमालेले प्रदेश २ मा खुला एक सदस्य पाएको छ । तर, प्रदेश कमिटीले भने आठवटै सिटका लागि ५५ भन्दा बढीको नाम सिफारिस गरेको प्रदेश सहसंयोजक नागेन्द्र चौधरीले बताए ।
एक खुला सदस्यका लागि प्रदेश कमिटीबाट रामचन्द्र यादव, धर्मनाथ शाह, रत्नेश्वर गोइत, सुधीर साह, यदुवंश झा, सुमन प्याकुरेल, पुरषोत्तम पौडेल, दिनेश राई, कमला महतो, चिरन्जीवी आचार्य, सुरेन्द्र लामा लगायतको नाम सिफारिस भएको छ ।
प्रदेश नम्बर ३
प्रदेश नम्बर ३ बाट पनि जिल्लाबाट आएका सबै नाम जस्ताको तस्तै केन्द्रमा पठाइएको छ । एमालेले यहाँ ५ सिट जित्ने अवस्था छ । जिल्लाबाट सिफारिसमा नपरेका तर राष्टियसभामा आवश्यक व्यक्तित्वको नाम समेत थपेर केन्द्रमा सिफारिस गरिएका पोलिटव्यूरो सदस्य अरुण नेपालले बताए ।
सिफारिस हुनेमा प्रदीप नेपाल, रघुजी पन्त, बेदुराम भुसाल, अमृत बोहोरा, केशव बडाल, देवशंकर पौडेल, आनन्द पोखरेल, कमला सुवेदी, मेघनाथ पौडेल, जगन्नाथ आचार्य, माधव अर्याल, गोपाल शाक्य लगायत छन् ।
प्रदेश नम्बर ४
प्रदेश नम्बर ४ बाट एमालेले खुला एक सदस्यमा प्रदेश सहसंयोजक गणेश तिमल्सिनाको एकल नाम सिफारिस गरेको छ । अपांगता भएकातर्फ एक सिटमा स्यांजाका रामबहावदुर थापा, म्याग्दीका केपी अधिकारी र कास्कीका सुर्य खड्का बेखर्चीको नाम सिफारिस भएको छ ।
त्यस्तै २ महिला सदस्य पाएको एमालेले ४ नम्बर प्रदेशबाट तनहुँकी शान्ति खनाल, स्यांजाकी चित्रा नेपाली, बागलुकी शान्ति अधिकारी, नवलपुरकी रामकुमारी पाण्डे, लम्जुङकी दीपा गुरुङ र गोरखाकी बिमला बोगटी छन् ।
प्रदेश नम्बर ५
प्रदेश नम्बर ५ बाट खिमलाल भट्टराई, खेममान खड्का, झपेन्द्र जिसी, नजिर मियाँ, शोभाराम बस्नेत, केशरमणि पोखरेल, नेत्र पन्थी, हरिप्रसाद घर्ती, गोविन्द कोइराला, रामलखन हरिजन, नन्द विक, कृष्ण सुनुवार, केशकुमारी तुलाचन, भोजबहादुर गन्धर्व, देवीप्रसाद पोखरेल, कोमल वली, पुष्पाञ्जली उपाध्याय, कमला रिजाल, भारती खनाल, कृष्णा गुरुङ, एन्जिला थापा, राधिका शर्मा भट्ट, चन्द्रकुमारी पुन, नारायणी शर्मा सिफारिस भएका छन् ।
प्रदेश नम्बर ६
प्रदेश नम्बर ६ बाट दुई महिला सदस्य पाएकोमा एमालेले हुम्लाकी कबिता बोगटी, सुर्खेतकी नन्दा गुरुङ, जुम्लाकी मेनकी रेग्मी चौलागाई र मुगुकी सोनाम छेजुङ लामा सिफारिस गरेको छ । त्यस्तै दलित सदस्यका लागि सुर्खेतका तेजवहादुर बिक (तोरण), जुम्लाका मेहल पार्की र मुगुका जर्मन नेपाली सिफारिस भएको पोलिटव्यूरो सदस्य गोरखवहावदुर बोगटीले बताए ।
२ खुला सदस्यका लागि एमाले प्रदेश कमिटीले ८ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा भैरबसुन्दर श्रेष्ठ जाजरकोट, लक्ष्मीप्रसाद पोखरेल दैलेख, हंशवहादुर शाही डोल्पा, टेकवहादुर खाँड दैलेख, तुलराज बिष्ट कालीकोट,बलबहादुर महत जुम्ला, ठगेन्द्रप्रकाश पुरी रुकुम र राजेन्द्रदेव राई सल्यान छन् ।
प्रदेश नम्बर ७
७ नम्बर प्रदेश कमिटीले ४ सिटका लागि प्रत्येक कोटामा तीनरतीन जनाको नाम सिफारिस गरेको प्रदेश कमिटी सहसंयोजक कर्णवहादुर थापाले बताए । खुला सदस्य एक सिट पाएकोमा एमालेले केन्द्रीय सदस्य महेश्वर पाठक,बिक्रम शाही र अछाम जिल्ला अध्यक्ष शेरवहादुर कुँवरको नाम सिफारिस गरेको छ ।
त्यस्तै दुई महिला सिटका लागि ६ जना सिफारिस भएका छन् । सिफारिस हुनेमा डोटीकी गौरी ओली, कैलालीकी सावित्री ओली, कैलालीकै साबित्रा घिमिरे, बाजुराकी राधिका बोहोरा, कन्चनपुरकी इन्दु कडरिया र दार्चुलाकी हिरादेवी अवस्थी छन् । दलित कोटामा बैतडीका पुरनसिंह दयाल, बझाङका अफिलाल उखेडा र बैतडीकै चक्र फिनेही छन् ।
८ माघ २०७४, सोमबार
1.9k
Shares







