१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

सहिद दिवस र सहिदको कोटीमा नपरेका प्रथम सहिदः लखन थापामगर



प्रत्येक वर्ष झै्र यस वर्ष पनि माघ १० देखि १६ गतेसम्म राज्यस्तरमा सहिद सप्ताह मनाइदै छ । तर यही सहिद दिवसको सेरोफेरोमा एउटा वहस सुरु गर्ने कि ? भन्ने बारेमा यो पंक्तिकारले धृष्टता गरेको छ । किनभने, नेपालका मै हुँ भन्ने विद्धानदेखि लिएर सिकारुसम्मका लेखक तथा पत्रकारहरुले नेपालका सहिद र सहिद दिवसका बारेमा लेख्दा कहिल्यै पनि लखन थापामगरका बारेमा लेखेनन् (हाल कसैकसै लखन थापामगरको नामसम्म उच्चारण गर्छन् भने कसैले त लखन थापामगरलाई किन प्रथम सहिद मान्ने ? भन्ने आसयले पनि लेख्छन् ।) वा भनौं नेपालका प्रथम सहिद को हुन् ? भन्ने बारेमा उनीहरुले सुरुदेखि नै रुची लिएनन् । सोधखोज गरेनन् । कष्ट गरेनन् । कलम चलाएनन् । तर, राज्यस्तरबाट (मन्त्रीपरिषदले) निर्णय गरेर नेपालका प्रथम सहिद ‘लखन थापामगर’ हुन भनी घोषणा गरेकोे दुई–दुई पटक भैसकेको भए तापनि नेपालका बुद्धिजीवीहरु खासगरी लेखक, पत्रकारहरुले अझै पनि लखन थापामगरलाई नेपालका प्रथम सहिद हुन् भन्ने थाहा नपाएरै हो वा जानाजान हो ? धेरै जसो लेखकले लखन थापामगरलाई नेपालका प्रथम सहिद हुन् ! भनेर मान्न कञ्जुस्याईँ गर्ने गरेका छन् । हुन पनि हाम्रो दे्रशमा सुरुदेखि नै इतिहास गलत लेखिदै आएको छ भने जित्नेहरुको इतिहास बढाइचढाइ लेखिएको । हार्नेहरुको बंग्याएर हेलोहोचो गरेर लेखिएको छ । त्यसो भन्दैमा यो पंक्तिकारले १०४ वर्षे एकतन्त्रीय राणा शासनविरुद्ध आफ्रनो अमूल्य जीवनको बलि चढाउने ती महान चारसहिद लगायत अन्य सहिदहरुको अपमान गर्न खोजेको भने पटक्कै होइन ।
हुन त नेपालका कतिपय सर्वसाधारण जनतालाईअभैm पनि नेपालका प्रथम सहिदका बारेमा थाहा नहुन सक्छ । आउनुहोस्, यसबारेमा छोटो चर्चा गरौं । केही वर्ष अघिसम्मको राज्यको परिभाषा अनुसार गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्द गरी चारजना नेपालका प्रथम सहिदहरु हुन् भने टंकप्रसाद आचार्य, रामहरि जोशी लगायतचाहिं जिउँदा सहिदहरु हुन् !? स्वर्गीय धर्मरत्न यमीले आफ्नो किताव ‘नेपालका कुरा’मा भने झैं ती जिउ“दा सहिदहरु पनि त्यो बेलाको कानुनमा ‘मान्छेमा बाहुनलाई र जनावरमा गाईलाई काट्न÷मार्न नपाइने’ भएकाले मात्रै उनीहरुले जिउ“दा सहिद हुने अवसर पाएका हुन् । जे भए पनि मरेर जाने सहिदहरु गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्द जिउ“दा सहिदहरु टंकप्रसाद आचार्य, रामहरि जोशी लगायतले एकसय चारवर्षे राणाशासन विरुद्ध विगुल फुकेका थिए । यस बारेमा कसैको विमति रहेन । तर एकसय चारवर्ष लामो राणा शासनका सुत्रधार र सुरुवातकर्ता जंगबहादुर राणालाई आजभन्दा लगभग एकसय ४० वर्षअघि नै हाँक दिँदा एकजना लखन थापामगर भन्ने मान्छेले गोरखा जिल्लाको बुङकोटमा सहादत प्राप्त गरेका थिए भन्नेबारेमा भने कमैलाई मात्र थाहा छ । के उनी नै नेपालका प्रथम सहिद होइनन् ?
को हुन् त लखन थापामगर ? उनी किन र कसरी नेपालका प्रथम सहिद हुन् ? कहाँ जन्मेका थिए ? के गर्थे ? किन सहिद भए ? आदिका बारेमा केही चर्चा गरौ । गोरखा जिल्लाको बुङकोटमा जन्मिएका लखन थापामगरको खास जन्म मिति थाहा नभए तापनि उनी स्वयम पनि विक्रम संवत् १९११ मा २० वर्षको उमेरमा उनका पिता पूर्खाले जस्तै मगरहरुको पल्टन (पुरानो गोरख गण) मा सेनामा क्याप्टेन पदमा भर्ती भए । भनिन्छ, उनले परिवारसँगै भारतको अल्मोडामा रहँदा उतै औपचारिक अध्ययन गरेका थिए । उनी घोडचढी, अस्त्र–शस्त्र, कला–कौशल आदिमा निपूर्ण थिए भने तान्त्रिक विद्यामासमेत पोख्त थिए । शासन सत्तामा जानलाई अनेकौं गुट÷उपगुटहरुबीच अनेक खालका काण्ड र षडयन्त्रहरु भइरहने त्यो बेला लखन थापामगरले पनि कोतपर्व, भण्डारखालपर्व लगायतका अनेकौं काण्ड र षडयन्त्रहरु प्रत्क्षय देखे÷भोगेका थिए । यसै क्रममा सन् १९१४ मा भारतमा बेलायतीहरुले खडा गरेको कम्पनी सरकारको अंग्रेज सैनिकविरुद्ध भारतीय सैनिकहरुले ठूलो विद्रोह गर्यो । अंग्रेज सैनिक विरुद्ध भारतीय सैनिकले गरेको यो विद्रोहलाई अंग्रेज सैनिकहरुले मात्रै दवाउन नसकेपछि नेपालका तत्कालीन प्रधानमन्त्री तथा श्री ३ महाराज रहेका जंगबहादर राणा आफै नेपाली सेनाको नेतृत्व गर्दै २५ पल्टन नेपाली सेना लिएर भारतको लखनऊतर्फ लागे । जसमा मगरहरुको पल्टन (पुरानो गोरख गण) मा रहेका लखन थापामगर, जयसिंह चुमीमगर, कालीबहादुर गणका श्रीपद गुरुङलगायतका सैनिक अधिकृतहरु पनि सामेल थिए । यसरी सैनिक विद्रोह दबाउने क्रममा निर्दोष ेजनताहरुलाई पनि निर्मम ढंगले हत्या गरिएको दृश्य अनि हालसम्म पनि ‘लखनऊ लुट’को नामले परिचति लखनऊका नबाव अलि शाहको दरबारमा रहेका श्रीसम्पत्ति लुट्ने क्रममा देखिएको उश्रृंखलता देखेपछि लखन थापामगरको मनले शान्ति पाएन । खासगरी भारतीय जनताहरुको भारतलाई बेलायतीहरुको पन्जाबाट मुक्त गर्ने चाहनालाई नजिकैबाट देखे । भलै आफैसमेत संलग्न नेपाली सेनाले ती भारतीय सेना र निर्दोष जनताहरुको चाहनालाई अमानवीय ढंगले दबाउनु परेको थियो ।
अहिलेको २१ औं शताब्दी भनिएको समयमा त समाजमा अन्धविश्वास र कूरीति व्यापक छ भने त्यो बेला त झन् कस्तो थियो होला ? सहजै अनुमान लगाउन सकिन्छ । त्यसमा पनि अशिक्षित र धर्मभीरु समाज थियो । स्वभावैले जनताहरु बढी नै धर्मकर्ममा विश्वास गर्थे÷राख्थे । अतः लखन थापामगरले भारतबाट फर्केपछि जंगबहादुर राणाको एकतन्त्रीय र निरंकुश शासनका विरुद्ध देवीदेवताका नाममा जनचेतना जगाउन थाले । यस क्रममा लखन थापामगरले ‘जंगेले नेपाललाई म्लेच्छ (गोरा) लाई बेच्यो । दुनियालाई त्राही–त्राही पारेको छ । जातपात छूवाछूत झनै बढाएको छ । अब जंगेलाई हटाएर नेपाल आमालाई यो पापको बोझबाट हल्का पार्न पर्छ । यसका लागि मलाई मनकामना देवीले वरदान दिएकी छन् । भाइ हो, तयार हौं !’ भनी गाउँलेहरुलाई ठाऊँ–ठाऊँमा भेला गर्दै चेतना फैलाउन थाले । यसरी केन्द्र (काठमाण्डौ) मा जंगबहादुरको अत्याचार र अन्याय बढी रहँदा उता लखन थापामगरले भने गोरखामा आफ्नै राजद्रोही (हालको भाषामा भन्दा विद्रोही) सरकार गठन गरेर मुख्तियार हालको भाषामा (प्रधानमन्त्री) बने भने जयसिंह चुमीमगरलाई सेनापति (जनरल) बनाए । उनले अन्य सहयोगीहरुमा हालको लमजुङ जिल्लाका सुकदेव गुरुङ, हालको ओखलढुंगा जिल्ला रुम्जाटारका ज्ञान दिलदास र ब्राह्मण कालु लम्साललाई मन्त्री बनाएका थिए । यसै क्रममा उनले आफ्नै नेतृत्वमा २ हजार सेनासमेत संगठीत गरेका थिए । ती सेनालाई गोरखाको बुङकोटमा रहेको काहुले भङ्गारमा ठूलो किल्ला र, किल्लाभित्र तीनतले दरबार, पिटी र परेड खेल्ले मैदान (टुँडीखेल) समेत बनाएका थिए । साथै उनले आवश्यक हातहतियार पनि जम्मा गरेका थिए । यस सम्बन्धमा आदिवासी जनजाति चलचित्रकर्मी तथा लेखक संजोग लाफामगरले इतिहासकार प्रमोदशमशेर राणाको भनाईलाई कोड गरेर २०६४ फागुन ४ गते कान्तिपुर दैनिकमा लेखेको एक लेख अनुसार जंगबहादुरले तत्कालीन श्री ५ युवराज सुरेन्द्रलाई मनाएर जंगबहादुर आफै श्री ३ बाट श्री ५ हुन लागेका थिए । तर लखन थापामगरको जंगबहादुरलाई मार्ने योजना टीकादत्त भुसाल नामक जैसी बाहुन (कसै–कसैले बोर्लाङका थापा क्षेत्रीहरु भन्छन्) ले पोल खोले । त्यसपछि लगभग ५० दिनको शिकारमा निक्लिएका जंगबहादुर १६ दिनमै काठमाण्डौ फर्किएर देवीदत्त बटालियनलाई लखन थापामगरलाई जसरी पनि मार्नू भन्ने आदेश दिएर पठाए । अतः जंगबहादुरको आदेश तामेल गर्न आएको काठमाण्डौको सेना र लखन थापामगरको सेनाबीच बुङकोटमा घोर–घमासान युद्ध भयो । अन्तमा काठमाण्डौको सेनाले विजय हासिल गरेपछि लखन, जयसिंहलगायत उनीहरुका सहयोगीहरुलाई तत्कालै नमारेर पाता कसेर, बाँसको पिँजडामा हालेर काठमाण्डौ ल्याए । त्यसपछि तत्कालै निर्णय गरेर लखन थापामगरलाई मृत्युदण्ड दिइयो । तर लखनले आफ्नै दरबारमा मर्ने इच्छा व्यक्त गरेपछि त्यही लगेर, झुन्ड्याएर मार्ने आदेश दिइयो । भनिन्छ, यसरी आदेश दिनासाथ जंगबहादरकी रानी मूच्र्छा परिन् ! र, तत्कालै पा्रयश्चित गर्दै जंगबहादुरले ‘म बाट ठूलो भूल भयो, लखन थापालाई नमार्नू ।’ भनेर सैनिकमार्फत खबर पठाए । तर जंगबहादुरले ‘लखन थापालाई नमार्नू ।’ भन्ने खबर सैनिकमार्फत पठाउँदैछ भन्ने थाहा पाएपछि जैसी बाहुन र थापा क्षेत्रीहरुले मस्र्याङदी नदी तर्ने बेनीघाटमै आएर घाटे (नाउ चलाउने) हरुलाई डरत्रास देखाउँदै रकम दिएर आफ्नो पक्षमा पारे । यसरी जंगबहादुरले पठाएका सैनिकहरु तीनदिन ढीला पुग्दा लखन थापालाई उनकै दरबार अगाडि खिर्राको बोटमा झुन्ड्याइएर मारिसकिएको थियो । यसरी लखन थापालाई मारिसकेको खबर पाउनसाथ जंगबहादुर आफै बुङकोट गएर लखन थापाको लाससँग क्षमा मागी पत्थरघट्टाको बाटो हँुदै काठमाण्डौ फर्किएका थिए ।
भनिन्छ, लखन थापामगरले मर्नुअघि यसो भनेका थिए, ‘–म मरेको सात दिनभित्र त्यो जंगे पनि मर्नेछ । मलाई झुन्ड्याएको बेला कोही पनि नरुनू र पीर नर्गनू, मेरो शरीर कुहेर भुइँमा खस्यो भने लखन थापा मरेर गएछ भनेर जान्नु । यदि त्यसै सुकेर सानो–सानो भई झुन्ड्याएको डोरीमा शरीर बिलाएमा लखन थापा जिउँदै छ भनेर जान्नु । मलाई झुन्ड्याएको डोरी सुरक्षित राख्नू, म एकदिन फर्केर आउने छु ।’ यसरी उनलाई झुन्ड्याएर मारेको दिन थियो –विसं १९३३, फागुन २ गते ।
हो, यसरी हेर्दा निर्विवाद रुपमा लखन थापामगरलाई राजनैतिक रुपमा नेपालको प्रथम सहिद मान्नुमा कसैले कुनै कन्जुसाईँ गर्नु पर्ने कारण देखिदैन । हुन त यसका लागि मगर जातिको आधिकारिक जातीय संस्था ‘नेपाल मगर संघ’ले २०४६ सालको राजनैतिक परिवर्तन लगत्तैदेखि प्रयास थालेको थियो । र, फलस्वरुप २०५६ साल फागुन ११ गते तत्कालीन श्री ५ को सरकारले लखन थापामगरलाई नेपालको प्रथम राजनैकि सहिद घोषणा गरेको पनि हो । तर, उक्त घोषणालाई विविध कारणले गर्दा कार्यन्ययनमा ल्याउनै चाहेन, नेपालका कर्मचारीतन्त्रले । त्यस्तै आवाविहीहरुको पनि आवाज भनिने मिडियाहरुले पनि यसबारेमा समाचारै दिएनन् । आदिवासी जनजाति चलचित्रकर्मी तथा लेखक संजोग लाफामगरका अनुसार २०६२÷०६३ को तेस्रो जनआन्दोलन पछिको परिवर्तनपछि पनि नेपाल मगर संघले लखन थापामगरलाई नेपालको प्रथम सहिद घोषणा गरियोस् भनी पटकपटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुनः ज्ञापनपत्र बुझाउन जाँदा ठाडै अस्वीकार गरिएको थियो । तापनि २०७२ फागुनमा फेरि पनि तत्कालीन सुशील कोईराला सरकारले लखन थापामगरलाई नेपालका प्रथम सहिद भनी घोषणा गर्यो । तर, अभैm पनि आवाविहीहरुको पनि आवाज भनिने नेपाली मिडियाहरुले यसबारेमा समाचार दिँदैनन् , लेख रचना प्रकाशित गर्दैनन् ।

प्रकाशित मिति : १७ माघ २०७४, बुधबार  ६ : १२ बजे