२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

राजनेता नेल्सन मन्डेला र नेपाली नेताहरुको चरित्र


निनाम लोवात्ती कुलुङ

१४ फाल्गुन २०७४, सोमबार  

14
Shares

“… उनले महासभामा आफ्नो सम्बोधन सक्दा त्यहाँ उपस्थित १ सय ६५ राष्ट्रका प्रतिनिधिहरु सबैले आआप्mनो स्थानबाट उठेर ताली बजाएका थिए । यो संयुक्त राष्ट्रसंघीय महासभाकै ऐतिहासिक र दुर्लभ दृष्य मध्य एक थियो । महासभामा कुनै राष्ट्र प्रमुख तथा सरकार प्रमुखको सम्बोधनमा उठेर ताली बज्दैन ।”
राष्ट्रसंघका लागि नेपालका तत्कालिन स्थायी प्रतिनिधि जयराज आचार्यको भनाइ उद्धृत गर्दै नागरिक दैनिकमा सुरेन्द्र पौडेलले लेखेका उक्त हरफहरुले एक जना महा मानवको छबिले विश्व मानव समुदायलाई कसरी नतमस्तक बनाउन सक्दो रहेछ भन्ने कुरा पुष्टि गर्दछ ।
मादिवाले नेतृत्व गरेको रंगभेद विरोधी अफ्रिकी मुक्ति आन्दोलन र नेपालको निरंकुश पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन करिव एकै समयमा सम्पन्न भएका हुन् । तर, उनको दक्षिण अफ्रिका आज विश्व बैंकद्वारा उच्च–मध्यम आयस्तर भएको राष्ट्रमा वर्गीकृत विश्वको २८ औं ठूलो औद्योगिक राष्ट्र तथा क्रयशक्तिको हिसावले सातौं उच्च प्रति व्यक्ति आय भएको मुलुकमा दरिएको छ भने नेपालचाहिँ विश्वकै गरीव २५ राष्ट्रको स्थानमा जटिल राजनीतिक संक्रमणको अवस्थाबाट गुज्रिरहेको छ । यसो हुनुको कारण के हो ? यसको जवाफ खोज्नु आवश्यक छ कि छैन ? हाम्रो देशका राजनैतिक दल तिनका नेता तथा जागरुक जनता हौं ! भन्नेहरुले मन्डेला अर्थात् मादिवा जस्ता महा मानवको विश्वस्तरको राजनीतिक व्यक्तित्व र नेतृत्व कौशलबाट सिक्ने कि नसिक्ने ? निश्यच नै एउटा सानो लेख मार्फत दुई शताब्दी (बिसौं र एक्काइसौं) का ती शिखर व्यक्तित्वको वर्णन गर्ने चेष्टा गर्नु मुर्खता सिवाय अरु केही नहोला । तापनि यो छोटो लेखको अभिप्राय माथि उल्लेखित यक्ष प्रश्नहरुको उत्तर संश्लेषण गर्ने सानो प्रयास मात्र हो । हाम्रो देशका नेताहरुले मादिवा अर्थात् नेल्सन मण्डेलाबाट तल उल्लेखित कुराहरु मात्र सिक्ने चेष्टा गरेको भए पनि हाम्रा नेताहरु सफल राजनेता कहलिने थिए । र, हाम्रो देश पनि विकसित राष्ट्रको सूचीमा अवश्व नै पर्ने थियो ।
१. मादिवाले आन्दोलनको न्यायोचित नेतृत्व गरे
मन्डेला अर्थात् मादिवाको शोकमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले भने झैं ‘उनको जीवनकथा कहिल्यै नहार्ने, नथाक्ने र जुझारु व्यक्तिको उद्घोष हो ।’ हुन पनि मादिवाले संसार जस्तो छ, त्यस्तै अवस्थामा स्वीकार गर्ने भन्दा पनि संसारलाई आफूले चाहे अनुसार नयाँ निर्माण गर्न सिकाए । त्यसैले त गोराहरुको रंगभेदी शासन र कालाजाति माथिको अत्याचारको विरुद्ध अहिंसात्मक आन्दोलनको नेतृत्व प्रदान गर्ने क्रममा २७ वर्ष जेलमा बसेर विश्वकै मुक्ति आन्दोलनको पर्याय र आस्थाको केन्द्रविन्दू बन्न पुगे । त्यस क्रममा उनी न कहिल्यै विचलित भए्, न उनले कुनै नाजायज सम्झौता गरे र, न त आफ्ना सहयोद्धाहरुको जीवन धरापमा पार्ने गरी कुनै सौदाबाजी नै गरे ।
नेपालको १० वर्षे सशस्त्र द्वन्द्वलाई फर्केर हेर्दा राज्यद्रोह वा सुराकीको नाममा राज्य र विद्रोही दुवै पक्षबाट असंख्य गैर–न्यायिक हत्या र अपराधहरु भएको थियो । तर, दक्षिण अप्रिकाको २७ वर्षे आन्दोलनमा मादिवाको नेतृत्वलाई त्यसरी आरोप लगाउन सकिने ठाउँ रहेन । हुन त अफ्रिकी मुक्ति आन्दोलनमा इन्काथा फ्रिडम पार्टी लगायतका हिंसावादी राजनीतिक शक्तिहरु पनि थिए । तर, पनि सशस्त्र युद्धले निर्णायक परिणाम दिन सकेन । अन्ततः मादिवाको अदम्य साहस, अटल विश्वास, दृढ संकल्प र उच्च व्यक्तित्वको अगाडि बेलायती उपनिवेशी र रंगभेदी शासनले घुँडा टेक्यो र नै मादिवाको कुसल नेतृत्वमा अपरथेड शासनको रक्तपातविहीन ढंगले सफलतापूर्वक प्रतिस्थापन भएको थियो । मादिवाको जीवनीबाट शिक्षा लिँदै नेपालका राजनीतिक दलका नेताहरुले पनि आफ्नो विगत र वर्तमानको निर्मम समीक्षा गर्नु श्रेयस्कर नै होला कि ?

२. मादिवाले संक्रमणकालको सही व्यवस्थापन गरे
मादिवा २७ वर्षे जेल जीवनबाट सन् १९९० मा मुक्त भए पश्चात सन् १९९३ मा तत्कालीन अपरथेड शासनका कार्यवाहक राष्ट्रपति फ्रेडरिक विलियम डे क्लार्कसँग विस्तृत शान्ति सम्झौता गरी सन् १९९४ मा पहिलो समावेशी लोकतान्त्रिक निर्वाचन सम्पन्न भयो । उनले निर्वाचनलाई परिणाममुखी बनाउन र सबैलाई मान्य हुने संविधान निर्माण गर्न निर्वाचन अगावै ३५ बुँदे सम्झौता गरे । निर्वाचनमा उनको दल अफ्रिकी नेसनल कांग्रेस (एएनसी) ले दुई तिहाई बहुमत पाएको भए तापनि उनले सबै पक्षलाई समेटेर सरकार गठन गरेका थिए ।
मादिवाले शासन सत्ता सम्हालेको ठीक २ वर्षभित्र ९ मे, १९९६ मा अल्पसंख्यक गोरा जाति लगायत सम्पूर्ण अल्पसंख्यक माथि हुने विभेदको पूर्ण निषेध सहितको विश्वकै उत्कृष्टतम संविधान जारी गरेर मुलुकलाई नयाँ युगमा प्रवेश गराए । उनले तत्काल सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर द्वन्द्वकालका सम्पूर्ण विवादित सवालहरु तथा दक्षिण अफ्रिकी समाजमा विद्यमान विद्वेष र बेमेलहरुको हल गरेर अत्यन्तै छोटो समयमा संक्रमणकालको सही व्यवस्थापन गरे । दक्षिण अफ्रिकाका गोरा विरोधी नेता तथा नोवेल शान्ति पुरस्कार विजेता डेस्मण्ड टुटुले भने झैं “गहिरो रुपमा विभाजित देशलाई ऐक्यबद्ध बनाउन सक्नु” मादिवाको सर्वाधिक महत्वपूर्ण देन हो ।
नेपालको अन्तरिम संविधान २०६३ ले व्यवस्था गरे अनुरुप तोकिएको समय–सीमा भित्र संविधान जारी गरेको भए, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर १० वर्षे सशस्त्र द्वन्द्वकालका सम्पूर्ण समस्याहरु हल गर्न इमान्दार पहल गरेको भए यसको श्रेय नेपाली नेताहरुलाई मिल्ने नै थियो । तर, दुःखको कुरा, २०६४ मा भएको पहिलो संविधानसभाले न त संविधान दिन सक्यो, न त संघीयता नै । अन्ततः २०७० मा भएको दोस्रो संविधानसभाले २ वर्षपछि (२०७२ मा) अन्टसन्ट तरिकाले संविधान जारी गर्यो । बिना नामको ६ वटा संघ अर्थात् प्रदेश घोषणा गर्यो । पछि १ प्रदेश थपेर ७ बनाइयो । त्यसैले समय छँदै नेपालका नेताहरुले यस विषयमा गम्भीर भएर सोच्नुपर्ने देखिन्छ ।
३. मादिवाले राष्ट्रको सप्तरंगी चरित्रको उच्च सम्मान गरे
संघीयताको विषयमा मण्डेला अर्थात् मादिवाले भनेका थिए, “संघीयता भनेको इन्द्रेणी जस्तै सबै रंग मिलेको हुनु पर्दछ, एकल जातीय संघीयताले जनतामा वैमनस्यता र फाटो ल्याउँछ ।” हुन पनि मादिवाले दक्षिण अफ्रिकामा संघीयता लागूगर्ने क्रममा दक्षिण अफ्रिकाको कूल जनसंख्याको लगभग ९ % ओगट्ने अल्पसंख्यक गोरा जाति लगायत सम्पूर्ण अल्पसंख्यकहरु माथि कुनै किसिमको भेद्भाव गर्न नपाइने कडा मानव अधिकारको ग्यारेन्टीसहित ११ स्थानीय भाषाहरुलाई राष्ट्रय भाषाको रुपमा संविधानमै किटान गरे । तीन वटा प्रमुख शहरहरु प्रिटोरिया, केपटाउन र ब्लुमफाउण्टेनलाई देशका समानान्तर केन्द्रीय राजधानी कायम गरी ती तीनवटा राजधानीहरुमा क्रमशः राष्ट्रपति भवन, संसद भवन र सर्वोच्च अदालत खडा गरेर विकेन्द्रीकरणको सिद्धान्त अनुरुप देशको सन्तुलित क्षेत्रीय विकासलाई पनि एकै साथ अगाडि बढाए । तर, नेपालमा के छ ? खस नेपाली भाषालाई मात्रै कामकाजी भाषाको रुपमा लिखित अभिलेखीकरण गर्ने भनिएको छ । त्यस्तै राजधानीको हकमा पनि भएको छ ।
तर, नेपालको विडम्बना, हाम्रो देशका राजनैतिक दल र तिनका नेताहरुले भने आदिवासी जनजाति, दलित, मुस्लिम, मधेसी महिला, तेस्रो लिंगी लगायत अल्पसंख्यक जातजाति, वर्ग र समुदायमाथि सदियौंदेखि थोपरिएका जातीय, भाषिक, धार्मिक, लिंगीय, क्षेत्रीय, आदि शोषण, दमन, उत्पीडन र बहिष्करणलाई अन्त्य गरी उनीहरुका ऐतिहासिकता र पहिचानहरुको सम्मान एवं आइएलओ महासन्धि नं. १६९, यूएनड्रीप लगायतका अन्तर्राष्ट्रिय महासन्धि र कानूनहरुले व्यवस्था गरेका प्रकृति–सम्मत अधिकारहरुको ग्यारेन्टी हुने गरी नेपालको राज्य पुनःसंरचना गर्नुपर्ने मागलाई स्वीकार गर्न नसकी विगत २४० वर्षदेखि लादिएको एक जाति, एक धर्म, एक भाषा र एक संस्कृतिको शासन सत्ताको निरन्तरताको लागि अनेक षड्यन्त्र गरेर वर्तमान संविधानमा अभैm पनि ४७ वटा भन्दा बढी धारा, उपधारा क, ख ग, घ …. दफा (१), (२), (३), (४), (५) …. कायमै राखिएको छ । त्यतिले नपुगेर उनीहरु पहिचानको सम्मान र अधिकारको रक्षार्थ आन्दोलनरत् जनतामाथि “धार्मिक, साम्प्रदायिक विद्वेष फैलाएको, विखण्डनवादी भएको” भनी लाञ्छित गर्ने र वदनाम गर्नेतिर लागेका छन् । उनीहरु बरु घोर दक्षिणपन्थी विचार बोकेको र एकल हिन्दू अधिराज्यको माग गर्ने राजनीतिक शक्ति र समूहलाई प्रत्यक्ष–परोक्ष रुपमा सहयोग पु¥याउने सम्मका हर्कतहरु निर्लज्ज रुपमा गरिरहन्छन् ।
४. मादिवा पद र शक्तिप्रति कहिल्यै आशक्त भएनन्
मादिवाको भनाइ थियो, “ठूला नेताले आफ्नो देशको शासन सत्ता हाँक्ने नयाँ पुस्ता तयार गर्नु पर्दछ र त्यसको जिम्मेवारी सुम्पनु पर्दछ ।” उनी सन् १९९० मा रिहा भए पछि सन् १९९१ मा एएनसीको सभापति भए । २७ अप्रील, १९९४ मा सम्पन्न आम निर्वाचन पछि सोही वर्षको मे १० का दिन प्रथम अश्वेत राष्ट्रपति भए । सुखद कुरो, सन् १९९७ मा उनले थाबो उम्बेकीलाई पार्टी सभापतिको पद हस्तान्तरण गरे । सन् १९९९ को दोस्रो आम निर्वाचनपूर्व नै आफू पुनः राष्ट्रपति नहुने घोषणा गरे । सन् २००४ मा आएर सार्वजनिक जीवनबाटै सहज रुपमा सन्यास लिए । तर, हाम्रो देश नेपाका नेताहरु त ७०÷७२ वर्ष पुग्दा पनि आपूmलाई युवा नेता भनी प्रचारप्रसार गराउँछन् !
हुन पनि हाम्रा नेताहरु पद, प्रतिष्ठा र कुर्सीका लागि लुछाचुँडी गर्ने, आफ्नै दल फुटाउने र, मृत्युशैयामा छट्पटाइ रहँदासम्म पनि प्रधानमन्त्री बन्न पाए हुन्थ्यो ! मानसिकताका छन् । अनि यस्ता नेताहरु र तिनका अनुयायीहरुलाई नेल्सन मण्डेला अर्थात् मादिवासँग तुलना गर्नु र उनको अनुसरण गरी दिए हुन्थ्यो भनी अपेक्षा गर्नु नै बेकार हो ।
५. मादिवाले निषेधको राजनीति कहिल्यै गरेनन्
जब मादिवा सत्तामा आए, आफ्ना असंख्य काला समर्थक र सहयोद्धाहरुको आग्रहको वावजूद पनि उनी र उनका सैकडौं सहयोद्धाहरुलाई निर्मम यातना दिने र हत्या गर्नसम्म पछि नपर्ने अल्पसंख्यक गोराहरुलाई समेत उनले कहिल्यै कुनै विभेद गरेनन् । कतिसम्म भने, सन् १९९४ को आम निर्वाचनमा एक स्थान पनि नजितेको इब्राहिम गोराको कम्युनिष्ट पार्टीबाट ४ जनालाई सांसद मनोनीत गरे । आफ्ना पूर्ववर्ती गोरा (का.वा. राष्ट्रपति) फ्रेडरिक विलियम डे क्लार्कलाई उपराष्ट्रपति बनाए । त्यस्तै हिंसामा मात्रै विश्वास गर्ने इन्काथा फ्रिडम पार्टीका अध्यक्ष बुथोलेजीलाई गृहमन्त्री बनाए । धेरै काला जातिको त्यति मात्रै होइन, आन्दोलन कालमा काला जातिमाथि नरसंहार गर्ने र प्रताडना दिने गोरा सेना, प्रहरी, प्रशासक र कर्मचारीहरु कसैलाई कुनै भेद्भाव नगरी राम्रै ओहदा र सम्मान दिए । परिणामतः दक्षिण अफ्रिकी समाजमा विद्यमान गहिरो वैमनस्यता र विद्वेषको अन्त्य भई सामाजिक ऐक्यबद्धता सहितको समृद्ध राष्ट्र निर्माणमा अग्रसर भयो ।
तर,दुःखको कुरा, नेपालको शीर्ष राजनीतिक नेतृत्व भने षड्यन्त्रमूलक रुपमा पहिलो संविधानसभाको अवसान गराए पश्चात षडयन्त्रको अनेक तानाबना बुन्दै अन्तमा कथित् ‘थ्रेसहोल्ड’को नाममा आदिवासी जनजाति, दलित, मुस्लिम, मधेसी महिला, तेस्रो लिंगी लगायत अल्पसंख्यक जातजाति, वर्ग र समुदायमाथि सदियौंदेखि थोपरिएका जातीय, भाषिक, धार्मिक, लिंगीय, क्षेत्रीय, आदि शोषण, दमन, उत्पीडन र बहिष्करणलाई कायमै राख्न सफल भएका छन् । जबकि उनीहरुले शोषण, दमन, उत्पीडन र बहिष्करणलाई जरैदेखि उखेलेर ऐतिहासिकता र पहिचानहरुको सम्मान एवं आइएलओ महासन्धि नं. १६९, यूएनड्रीप लगायतका अन्तर्राष्ट्रिय महासन्धि र कानूनहरुले व्यवस्था गरेका प्रकृति–सम्मत अधिकारहरुको ग्यारेन्टी हुने गरी नेपालको राज्य पुनःसंरचना गर्नुपर्ने थियो । हुन त नेपाली नेताहरुको यस्तो प्रवृति, सोच र व्यवहार नेपाली समाजमा विगत लामो समयदेखि जरा गाडेर बसेको हिन्दुवादबाट निर्देशित भएकोले पनि अहिलेलाई उनीहरु निषेधको राजनीति गर्न सफल भएका छन् ।
६. मादिवाले भ्रष्टाचारलाई कहिल्यै माफी दिएनन्
मादिवाले सन् १९५८ मा बिन्नी माडिकिजेलासँग दोस्रो विवाह गरेका थिए । बिन्नी तिनै महिला हुन्, जसले उनलाई जेलमुक्त गर्न र दक्षिण अफ्रिकी मुक्ति आन्दोलनलाई अगाडि बढाउन आफ्नो अर्धाङ्गिनी र पार्टीको इमान्दार सिपाहीं भएर सबैभन्दा लामो समयसम्म मादिवालाई साथ दिएकी थिइन् । तर, जब एएनसीका समर्थकहरुबाट बिन्नीले भ्रष्टाचार र आर्थिक अनियमितता गरेको भन्ने आरोप आयो, उनले बिन्नीसँग सन् १९९२ को अप्रील १३ को दिन सम्बन्ध विच्छेद गरे । अरु त अरु, मादिवाले कयौं वर्षसम्म साथ र सहयोग दिएकी आप्mनै श्रीमतीलाई त्याग्न समेत तयार भएका थिए । तर, नेपालका नेताहरु भ्रष्टचार लगायत आपूmले गरेका अनियमितता बाहिर नजाओस् ! भनेर आप्mनै श्रीमतीलाई सहयोगी राख्नेहरु छन् । कागज र भाषणमा मात्रै भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको रटान लगाउने गर्छन् । क्रान्तिकारी भनिने नेताहरुकै ढुकुटी अकूत सम्पत्ति छ । त्यति भएर पनि राष्ट्रकै खर्चमा महँगो गाडीहरु बाँडेर लिने÷दिने निर्णय गर्छन् । उनीहरुका श्रीमती लगायत नातागोताहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् ।
७. मादिवाले हमेशा विश्व दृष्टिकोण राखे
मादिवाको ९० औं जन्मदिनको अवसरमा समाजमाथि परेको उनको छबि वा छापको विषयमा सोधिएको एक प्रश्नको जवाफमा मादिवाले भनेका थिए, “मेरो छबिको सदुपयोग मेरो परिवारले मात्र नभएर दक्षिण अफ्रिका र सिंगो विश्वले गर्न सकोस्” । उनले रंगभेद र अन्य हरेक प्रकारका विभेदहरुको कुनै भौगोलिक सीमा नहुने कुरा राम्ररी आत्मसात गरेका थिए । उनले अफ्रिकी काला जातिमाथि लादिएको विभेद, थिचोमिचो र अत्याचार फगत काला जातिमाथिको विभेद र अत्याचार नभएर सिंगो मानव जातिमाथिको विभेद, थिचोमिचो र अत्याचार हो भन्ने कुरा विश्व सामु प्रमाणित गरे ।
kehinajannekulung@gmail.com

प्रकाशित मिति : १४ फाल्गुन २०७४, सोमबार  ६ : ०५ बजे