११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

भुकम्प प्रभावित लक्षित कार्यक्रम संचालन नभइ फिर्ता



ओखलढुंगा, २८ भदौ । ओखलढुंगामा भुकम्प प्रभावित लक्षित सीपमूलक तालिम कार्यक्रम संचालन नभइ फिर्ता भएको पाइएको छ । व्यावसायिक तथा सीप विकास तालिम केन्द्रले संचालन गर्नु पर्ने सीपमूलक तालिम संचालन हनु नसकेपछि फिर्ता भएको हो । केन्द्रबाट फिर्ता भएको कार्यक्रममध्ये प्लम्मिङ अन्तर्गत ८ लाख ८३ हजार, सट्रिङ कार्पेन्टर, डकर्मी, सीकर्मी गरि तिन ओटा कार्यक्रमको ४ लाख ३२ हजारसहित जम्मा २१ लाख ७९ हजार सीपमूलक तालिमको रकम फिर्ता भएको हो ।
तालिमको अवधि लामो भएको साथै भुकम्पसँग सम्बन्धीत भएकाले अन्य संघ संस्थाहरुले जस्तै सहभागिहरुलाई तालिमबाहेकका सेवा सुविधा दिन नसकिएकाले तालिमको माग नहसँदा उक्त रकम फिर्ता गएको व्यावसायिक तथा सीप विकास तालिम केन्द्रका प्रमुख भविन्द्र खत्रीले बताए । सरोकारवालाहरुले भने कार्यालयको वेवास्ता कारण भुकम्प पीडितहरुको क्षमता विकासमा आएको कार्यक्रम फिर्ता भएको गुनासो गरेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७३, मंगलबार  १२ : ३२ बजे